सबै प्रदेशमा इन्धन भण्डारण क्षमता बढाइने


gas-1-1आपतकालीन अवस्थालाई मध्यनजर गर्दै सबै प्रदेशमा पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास भण्डारण क्षमता बढाउने योजना अन्तिम चरणमा पुगेको उद्योग मन्त्रालयले जनाएको छ।

प्रस्तावित योजना अनुसार निजी क्षेत्रसँगको साझेदारीमा कम्तीमा तीन महिनासम्मलाई पुग्ने गरी पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास भण्डारण गरिने उद्योगमन्त्रीले बताए।

भण्डारण क्षमता विस्तारका लागि सरकारलाई आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको उद्योग वाणिज्य महासंघका एकजना पदाधिकारीले बताएका छन्।

अभाव

नेपाल आयल निगमको पेट्रोलियम पदार्थको हालको भण्डारण क्षमता ७२ हजार किलोलिटर रहेको बताइन्छ।

निगमको भण्डारण क्षमता विस्तार हुन नसक्दा असहज स्थितिमा पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको चर्को अभाव हुने गरेको छ, जसको सबैभन्दा तीतो भोगाई भूकम्पपछि नेपाल-भारत सीमा नाकामा उत्पन्न अवरोधका बेलाको थियो।

साभार:विविसी