वीरेन्द्रनगरको मतगणना शुरु


फोटोः नेपालीरैवारबाट

३१ बैशाख, सुर्खेत । हिजो सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना देशका विभिन्न जिल्लाहरुमा शुरु भएसंगै कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको पनि मतगणना कार्य शुरु भएको छ ।

१६ वटा वडाको मतपेटिका राती करिव १२ बजे सम्म स‌ंकलन भएतापनि सर्वदलिय बैठक बस्न नसकेकाले गणना कार्य आजबाट मात्र शुरु भएको हो ।

निर्वाचन कार्यालयका अनुसार वीरेन्द्रनगरमा रहेको सुर्खेत सभागृहमा गणना कार्य शुरु गरिएको छ । वीरेन्द्रनगरमा २५ मतदान केन्द्र र ७५ वटा मतदान स्थल रहेका थिए।