सोमबारको खेलमा नेपाललाई होइन, भारतलाई दबाव
चिरञ्जीवी पौडेल
भारतविरुद्धको म्याच भन्नासाथै नेपाली समर्थकको मुख रसाउँछ, चाहे त्यो फुटबल होस चाहे क्रिकेट । सोमबार यू-१९ विश्वकपमा नेपाल र भारतको भिडन्त हुँदैछ, र नेपाली समर्थकहरु मुख मिठ्याएर बसेका छन् ।
भारतसितको म्याचलाई लिएर एक जना डाक्टरले फेसबुकमा लेखे, ‘नेपालले भारतलाई हराएको खण्डमा टिमका सबै खेलाडीहरुलाई जिन्दगीभरी निःशुल्क स्वास्थ्य परिक्षण गर्ने घोषणा गर्दछु ।’ डाक्टरसा’बको जस्तै भावुकता धेरै नेपालीहरुमा छ, यद्यपि, सबैले स्वास्थ्यपरिक्षण गर्न सक्दैनन् !
फुटबलमा नेपाल र भारतबीच धेरै ठूलो खाडल छैन । विविध कारणले भारतसितका फुटबल म्याचमा लगातार हार व्यहोर्दै आए पनि स्तरको हिसाबले दुवै देश हाराहारीकै हुन् । यद्यपि, क्रिकेटमा भने यो खाडल अत्यन्त ठूलो छ । भारत क्रिकेटको महाशक्ति हो । टेस्ट वरियतामा हाल नम्बर १ मा रहेको देश हो । मैदानभित्र मात्रै नभएर बाहिर पनि उसको मजबुत पकड छ । अहिले विश्व क्रिकेट नै भारतको अधिनमा रहेको मान्नेहरु धेरै छन् ।
यता नेपाल क्रिकेटको उदियमान राष्ट्र हो, जहाँ क्रिकेटका न्यूनतम पूर्वाधारहरु समेत छैनन् । क्रिकेटमा अहिलेसम्म नेपालले हासिल गरेका उपलब्धि खेलाडीको व्यक्तिगत प्रतिभाले गर्दा मात्र सम्भव भएको भन्दा अतिशयोक्ति हुने छैन । दुई देशका खेलाडीहरुले पाउने अवसर र सुविधामा आकाश-जमीनको फरक छ ।
यू-१९ विश्वकपमा भारतको इतिहास निकै लोभलाग्दो पनि छ । अहिलेसम्म तीनपटक अन्डर-१९ विश्वकपको उपाधि उचालिसकेको भारत यसपाली पनि एक दावेदार हो । त्यसैले भारतविरुद्धको म्याच नेपालका निम्ति फलामको च्यूरा हुनेछ ।
तर, त्यसो भनेर भोलिको म्याचमा नेपालले सहजै आत्मसमर्पण भने गदर्ैैन । विगतमा पटक-पटक भारतजस्तै शक्तिशाली टेस्ट खेल्ने टिमहरुलाई हराएको गर्विलो इतिहास नेपालसित छ । त्यसैले भारतले नेपाललाई कम आँक्न सक्ने अवस्था छैन ।
भोलीको म्याचमा नेपालले भारतलाई स्तब्ध पार्न सक्ने केहि आधारहरु यस्ता छन्:
१. भारत दबावमा, नेपाल निस्फ्रिक्री
नेपाललाई म्याच जित्नैपर्छ भन्ने मनोवैज्ञानिक दबाव छैन, तर भारतलाई छ । नेपाल र भारत दुवैले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको अवस्थामा भोलिको म्याचले समूह विजेताको टुंगो लगाउने छ । भारतीय टोली कुनै हालतमा समूह विजेता भएरै अर्को चरणमा जान चाहन्छ । म्याच नेपालले जित्यो भने भारत उपविजेतामा सिमिति हुने छ, जून उसको लागि मरेतुल्य हो ।
नेपालका हकमा त्यस्तो दबाव छैन । क्वाटरफाइनलमा स्थान बनाएर इतिहास रचिसकेको नेपाल भारतसितको निर्धक्क भएर खेल्नेछ । भोलिको म्याच हार्दा नेपालले केहि गुमाउँदैन तर, जित्दा धेरै एतिहासिक उपलब्धि हासिल हुनेछ ।
– See more at: http://www.onlinekhabar.com/2016/01/382094/#sthash.mTgfA2Vg.dpuf

Milan Shrestha । १८ माघ २०७२, सोमबार ०२:४० बजे