नक्सापास विनै हटियालाइनमा सपिङ्ग महल निर्माण


कानुन कार्यान्वयन गराउने निकायबाटै उल्लङ्घन

गोविन्द देवकोटा
सुर्खेत, ९ फागुन ।

सुर्खेत उपत्यका नगरविकास समितिले नक्सा पास नगराएरै भवन निर्माण गर्न इजाजत दिएको छ  । फुटपाथमा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने उद्देश्यले उपत्यका नगरविकास समितिले जग्गा भाडाको लागि ठेक्का आह्वान गरेको थियो ।

उक्त ठेक्काबाट छनौट भएका व्यवसायीहरुले हाल भवन निर्माण गरिसकेका छन् । कुनैपनि घर निर्माण गर्दा नक्सा पास गरेर मात्र निर्माण गर्नपाइने नियम भएपनि समितिले नक्सा पासको प्रक्रिया नै नपु¥याएर भवन निर्माण गर्न लगाएको छ ।

व्यवसाय सञ्चालनको लागि भाडामा दिने योजना अनुरुप उपत्यका नगरविकास समितिले २१ जनाको ठेक्का स्वीकृत गरी उनीहरुले भवन समेत निर्माण गरीसकेका छन् । ठेक्का स्वीकृत भएका व्यवसायीहरुले नगरविकास सँग व्यवसाय सञ्चालनको लागि सम्झौता पनि गरिसकेका छन् ।

वीरेन्द्रनगर–६ को हटियालाइन पछाडीको नगरविकासको जग्गामा अहिले तीनकोठा भएका सातवटा ब्लकहरु निर्माण सम्पन्न भइसकेका छन् । केही दिनमै उक्त भवनमा व्यवसाय सञ्चालन हुने व्यवसायीहरुले बताएका छन् ।

उपत्यका नगरविकास समितिले योजनाको निर्माण गरी प्रक्रिया अनुरुप निर्माणका लागि सम्बन्धीत निकायलाई जिम्मेवारी दिनुपर्ने प्रावधान रहेपनि प्रक्रिया विनानै व्यवसायीहरुलाई भवन निर्माण गर्न दिएको वीरेन्द्रनगर नगरपालिकाका प्रशासकिय अधिकृत प्रकाश पौडेलले बताए ।

उपत्यका भित्र घरजग्गा निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गर्ने प्रक्रियाको थालनी नगरविकास समितिले नै गरेपनि हाल मनपरी तरिकाले भवन निर्माणको स्वीकृति दिएको पौडेलको भनाई छ ।

वीरेन्द्रनगर नगरपालिकाले भवन निर्माण गर्दा बाटो च्यापीएको शंकाले सोको बारेमा जानकारी दिनको लागि नगरविकास समितिलाई पत्राचार गरेको थियो ।

पौडेलका अनुसार उपत्यका नगरविकास समितिले भने, बाटो २० मिटरको भएको र सोही अनुसार बाटोको नक्सा निर्माण प्रक्रिया अगाडी बढाइदिनको लागि मात्र जवाफ पठाएको छ ।

कानुनको कार्यान्वयन गराउने त्यस्ता कार्यालयले प्रक्रिया पुरा नगरेकोमा स्पस्टिकरण दिनको लागि अर्को कार्यालयले पत्र पठाउन लाजमर्दो कुरा भएको नगरपालिकाका एकजना कर्मचारीले बताए ।

भवन निर्माण सकिएर व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालनको लागि तयारी गरेसकेपनि हालसम्म नगरविकास समितिले बनिसकेका ब्लकहरुको नक्सा पासको लागि नगरपालिकामा कुनै आधिकारिक जानकारी नआएको कर्मचारीको भनाई छ ।

यता समितिका अध्यक्ष ध्रुवकुमार चपाईले पनि नक्सापास नगरी भवन निर्माण गर्न लगाएको स्वीकारेका छन् । जिल्ला प्रशासनसंग समन्वय गर्नुका साथै नगरपालिकालाई नक्सा पास गर्नका लागि पत्राचार गरेपनि नगरपालिकाले नै ढिलाई गरेको बताए ।

सुर्खेतमा भवन निर्माण गर्दा नक्सापास गर्ने कार्यको थालनी सुरुवात गरेको उपत्यका नगरविकास समितिले नै प्रक्रियाको उल्लङ्घन गरेको छ । जस्तापाताले छाएका तीनकोठे ब्लकहरुको अगाडीतिर पिल्लर बनाइएको छ भने पछाडीको भाग पिल्लर राखिएको छैन ।
साभारः सुर्खेत अनलाईन ।

   

कानुन कार्यान्वयन गराउने निकायबाटै उल्लङ्घन

गोविन्द देवकोटा
सुर्खेत, ९ फागुन ।

– See more at: http://onlinesurkhet.com/2016/02/21/1463#sthash.AImo0WYR.dpuf