अशोक राजी
१६ सुर्खेत
१६ सुर्खेत
नेपाली कांग्रेस सुर्खेतको वीरेन्द्रनगर नगर कार्य समितिको सभापति सहित सवै पदमा संस्थापन पक्षका उम्मेदवारहरु अत्याधिक मतले बिजयी भएका छन ।
हिजो साँझ सम्पन्न निर्वाचनमा संस्थापन पक्षका सभापतिका उमेदवार देवकुमार सुवेदीले देउवा पक्षका उमेदवार ललित भटटराईलाई १ हजार २ सय २३ मतको भारी अन्तरले पराजीत गर्नु भएको हो ।
सुवेदी १ हजार ४ सय ३५ र उहाका निकटतम प्रतिद्धन्द्धी भट्टराई २ सय १२ मत मात्र प्राप्त गर्नु भएको निर्वाचन समतिले जनाएको छ ।
३ पदाधिकारी ८ जना सदस्य र ६ जना क्षेत्रीय प्रतिनिधीको लागि भएको नगर कार्य समितिको चुनावमा देउवा समुहका कुनै पनि उमेदवारले ४ सय मत पनि कटाउन नसकेको समितीले जानकारी दिएको छ ।
नगर कार्य समितिको सचिवमा उपेन्द्रबहादुर खड्का १ हजार ३ सय ९७ र कोषाध्यक्षमा विष्णु विक्रम जिसी १ हजार ३ सय २३ मत ल्याएर बिजयी हुनु भएको छ ।
यस्तै सदस्यमा चुडामणि चपाइ, भोजप्रसाद चपाईं, डिल्लीप्रसाद थानी, सुभास श्रेष्ठ टोपबहादुर रोकाय सरोज सुनाम बलीबहादुर अधिकारी र रमेश केसी बिजयी हुनु भएको छ ।
क्षेत्रीय प्रतिनिधीमा आदिवासी जनजातिबाट कमल गुरुङ र सोमबहादुर श्रेष्ठ (मंगल), दलित प्रतिनिधिमा भीमबहादुर शाही परियार र जंगबहादुर दमाई निर्वाचित हुनु भएको छ ।
यस्तै अल्पसंख्यक÷मुस्लिम प्रतिनिधीमा सतार बक्स र अव्दुल गफुर विजयी हुनु भएको निर्वाचन अधिकृत उत्तम आचार्यले वताउनु भएको छ ।
नगर कार्य समितिको ११ पदको लागि २१ जना र ६ जना क्षेत्रीय प्रतिनिधिका लागि १३ जनाको उम्मेदवारी परेको उहाँले जानकारी दिनुभयो ।
बिजयी पदाधिकारीहरुले पाएको मत हेर्दा उनीहरु नगरमा चर्चित युवा नेताहरुको परिचय बनाउन सफल भएको वताएको छ ।
यता नवनिर्वाचित नगर सभापति सुवेदीले लोकतान्त्रिक पार्टीमा चुनाव हुन स्वभाविक भएको भन्दै सवैलाई समेटेर अघि वढने वताउनु भएको छ ।
उहाँले सभापतिको हैसियतले आफुले सवै कार्यकर्तालाई समान व्यवहार गर्ने र सवैको भावना समेटेर पाटी संगठन अघि वढाउने प्रतिवद्धता समेत जनाउनु भएको छ ।
उता भेरीगगा नगरपालिकाको नगर सभापतीमा बेदु गिरी निर्वाचित भएको जनाइएको छ ।



Milan Shrestha । १७ माघ २०७२, आईतवार १३:४३ बजे