

१४,पुस सुर्खेत । सिमरामा समताको सातौँ बार्षिक साधारण सभा मंगलबार(आज) एक कार्यक्रम बिच सम्पन्न भएको छ । सिमरा बाराको होटल क्लासिक, कम्पनीको सातौं बार्षिक साधारण सभा भएको हो ।
संस्थाका अध्यक्ष डम्मरमणी थेवे लिम्वुको सभाध्याक्ष, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमूख डा.कृष्ण प्रसाद पौडेलको प्रमूख आतिथ्य तथा आन्तरिक राजस्व कार्यालय, सिमरा, बाराका प्रमुख कर अधिकृत नारायण प्रसाद भण्डारीको विशेष आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभाले आफ्नो शेयरधनीहरुको लागि आर्थिक वर्ष २०७६–७७ सम्मको वितरणयोग्य मुनाफाबाट २०७७ आषाढ मसान्तमा कायम कुल चुक्ता पुँजी १९ करोड ११ लाख १६ हजार ८ सय को २० प्रतिशत बोनस शेयर र ६ दशमलव ३२ प्रतिशत नगद लाभांस (कर सहित) दिने निर्णय पारित गरेको छ ।
यसैबिच बनेपा, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको घरेलु लघुवित्त वित्तीय संस्था लि. सँग शेयर आदान प्रदान दर (स्वाप रेसियो) १००ः८० (समताःघरेलु) कायम हुने गरी गााभ्ने गाभिने (मर्जर) सम्वन्धीे विशेष प्रस्ताव समेत सभाले पारित गरेको छ ।
संस्थाका अध्यक्ष डम्मरमणी थेवे लिम्वुद्धारा आर्थिक वर्ष २०७६–०७७ को लेखापरीक्षण प्रतिवेदन सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक वर्ष २०७७–०७८ को बार्षिक कार्यक्रम तथा बजेट संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका प्रवन्धक एवंम् कम्पनी सचिव विश्वराज श्रेष्ठले गर्नुभएको थियो ।
साभारःईन्स्योरेन्स खबर ।
Milan Shrestha । १४ पुष २०७७, मंगलवार २०:२१ बजे