सुर्खेतमा नेपाल सम्वत् ११३७ मनाईयो


14937347_10206029952267660_4293561777425837537_nसुर्खेत, १५ कात्तिक।
नेपाल सम्वत् ११३७ आज सुर्खेतमा विविध कार्यक्रम गरी मनाइएको छ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को रुपमा गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकाल सम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

मानन्धरका अनुसार “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो । ”

विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो

नेपाल सम्बत् नयाँ वर्ष सुर्खेत जिल्लामा पनि भव्य रुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै विसं २०५६ सालमा नेपाल संवत्को नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गगरेका थिए ।

विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल Aसंवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परासमेत काठमाडौँमा छ । साथै सुर्खेत जिल्लामा पनि यस बर्षलाई बिगत केहि बर्ष यता भव्य रुपमा मनाइदै आईरहेता पनि यस बर्ष देखि जिल्ला स्थीत नेपाल आदिवासी जनजाती समन्य परिषदले नेवार समुदायसंग मिली यो दिवस नेवाहरुको मात्र नभई सम्पूर्ण नेपालीहरु त्यसमा पनि बिशेष गरी आफ्नो अधिकार खोजी रहेको आदिवासी जनजाती मनायो ।

यसैगरि मोटरसाईकल र्रयालीलाई सफल बनाउनकालागि सुर्खेतमा होण्डा मोटरसाईकलको अधिकृत विक्रेता न्यू बुलबुले अटो सेल्सले र्रयाली अवधिभर ४ थान नाभि मोटरसाईकल (स्कुटर) दिएको थियो ।

ss