देशभर शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह (भिडियो सहित)


१४ पौष, सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) यतिवेला दुई गुटमा विभाजन भए संगै आआफ्नो शक्ति प्रदर्शन गरिरहेकाछन् ।

यही वीच आज नेकपाको प्रचण्ड-माधव समूले देशभर शक्ति प्रदर्शन गरेको छ । प्रचण्ड-माधव समूहले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि आफ्नो शक्ति प्रदर्शन गरेको हो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे संगै पार्टीमा फूट आएको हो । एकता प्रकिया पूरा नहुँदै पार्टीमा फूट आएपछि पार्टी दुइ खेमा विभाजित भएको छ ।

प्रचण्ड-माधव समूहले संसद विघटनको विरोधमा मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरमा ‘शक्ति प्रर्दशन’ वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको छ । सभामा नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरुको सहभागिता रहेको थियो ।