काँग्रेस माओवादी विवादले जाजरकोटमा प्रहरी प्रमुख खाली


Logoजाजरकोट १४, भदौ । सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको विवादका कारण जिल्ला प्रहरी कार्यालय जाजरकोट झन्डै एक महिना देखि प्रमुख विहिन भएको छ । प्रहरी प्रमुख डिएसपी दानवहादुर मल्ललाइ प्रधानमन्त्री प्रचण्डको सुरक्षाको लागि प्रधानमन्त्री कार्यालयमा तानेपछि गत साउन २२ गते देखि रिक्त भएको उक्त पद अहिले सम्म पनि पुर्ति हुन सकेको छैन । काँग्रेस र माओवादी केन्द्रका नेताहरुले आफु पक्षको डिएसपीलाइ प्रहरी प्रमुख वनाउन खोजेपछि समस्या आएको हो ।

प्रहरी प्रधान कार्यालयले यस अघि भदौ ३ गते १२५ जना डिएसपीको सरुवा गर्दा जाजरकोटवाट डिएसपी मल्ल सरुवा भएको देखाएपनि जाजरकोटको प्रहरी प्रमुखमा कसैलाइ खटाएन । गत साउन २२ गते जिल्लावाट विदाइ भएर मल्ल प्रधानमन्त्री कार्यालयमा गएपछि जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक हिकमत वोहराले निमित्त भएर काम गरिरहेका छन् ।

नेपाली काग्रेसका नेताहरुले आफनो पक्षको र माओवादी केन्द्रका नेताहरुले आफनो पक्षको डीएसपी जाजरकोट पठाउन दवाव दिएका कारण प्रहरी प्रधान कार्यालयलाइ समस्या परेको वताइएको छ । जिल्लामा आफु निकटको डिएसपी लिनका लागि पुर्व गृहमन्त्री एवम माओवादी केन्द्रका नेता शक्ति वस्नेत र नेपाली काग्रेसका साँसद राजीव विक्रम शाहले प्रहरी प्रधान कार्यालयमा दवाव दिएको श्रोतको दावी छ ।

नेपाली काँँग्र्रेसका नेता महेन्द्र शाहले जिल्लामा राम्रो संग काम गर्ने व्यक्तिलाइ पठाउनु पर्छ भनेर आफुहरुले माग गरेको वताए । उनले आफनो अर्काे पक्षको भन्दा पनि जनताका लागि काम गर्ने व्यक्ति जिल्लामा जानु परयो भन्ने हाम्रो भनाइ हो, शाहले भने । माओवादी केन्द्रका नेता एवम पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले भने छिटो भन्दा छिटो जिल्लामा डीएसपी पठाउन प्रहरी महानिरीक्षकलाइ आफुले आग्रह गरेको वताए । उनले जो सुकै भएपनि जिल्लामा छिटो डीएसपी पठाउन भनेर आफुले वारम्वार ताकेता गरेको वस्नेतले वताउए । उनले आफुले आफनो मान्छे पठाउ भनेर कसैलाइ नभनेको र जिल्ला लामो समय डिएसपी विहिन हुनु हुदैन भनेर सम्वन्धित निकायमा पहल गरिरहेको वताए ।

तर एक प्रहरी अधिकारीले भने नाम उल्लेख नगर्ने सर्तमा माओवादी र काँग्रेसको तानातानका कारण जिल्लामा लामो समय देखि डिएसपी खाली भएको वताए । उनले दुइ दलको तानातानका कारण प्रहरी प्रधान कार्यालय समस्यामा परेको वताए । दुइ दलको चर्काे दवावका कारण जिल्लामा अहिले सम्म डिएसपी जान नसकेको वताए । दलका नेताको आग्रह र दवावमा जिल्लामा प्रहरी प्रमुख खटिदा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा चुस्त प्रशासन चलाउन समस्या पर्ने सरोकारवालाहरु वताउछन् ।

जिल्लामा लामो समय प्रहरी प्रमुख नहुदा जिल्लाको शान्ति सुरक्षा र अन्य काम कारवाहिमा समस्या परेको भएपनि निमित्त प्रमुख हिक्मत वोहराले भने प्रमुख नभएपनि केहि समस्या नपरेको वताए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले लामो समय प्रहरी कार्यालय प्रमुख विहिन हुदा समस्या पर्ने वताए । केहि समयका लागि खाली हुदा केहि असर नपरेपनि लामो समय प्रमुख नहुदा भने समस्या पर्ने उनले वताए ।

साभारः राराखबर अनलाइन