महिनाको दुई दिन निसुल्क बिशेयज्ञ सेवा दिइने–अध्यक्ष सिंह


कृष्णराज धमाला
चैत्र ५, सुर्खेत ।
जिल्ला अस्पताल कालीकोटले हरेक महिनाको दुई दिन निशुल्क बिशेषज्ञ सेवा दिने गरेको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाका बिशेसज्ञ डा. द्धारा प्रतेक महिनाको १५ र २८ गते निशुल्क बिशेयज्ञ सेवा दिने गरेको जिल्ला अस्पताल व्यबस्थापन समितिका अध्यक्ष कृष्णबहादुर सिहंले बताउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपाल प्रर्देश कार्यालय सुर्खतले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष सिहंले निक्स साइमन संस्थाले अन्य सेवा दिए पनि एमडिजिपि सेवा अबरुद्ध गरेपछि स्वास्थ्य ब्यबस्थापन समितिको पहलमा कर्णालि स्वास्थ्य बिज्ञान प्रतिस्ठानसँग सहकार्य गरी बिशेषज्ञ सेवा सञ्चालन गरीएको बताउनु भयो ।

जिल्ला अस्पताल कालिकोटमा निक्स साइमन संस्थालाई निरन्तरता दिन भर्खरै आफु स्वास्थ्य मन्त्रालयमा समन्वय गरेर आएको बताउदै अध्यक्ष सिंहले यो भन्दा अघि जे जस्तो भएपनि आगामि दिनमा स्वास्थ्यकर्मिहरुलाई काम गर्नका लागि सहज बाताबरण बनाउने प्रयत्न गरीएको जानकारी दिनुभयो । समितिले कालिकोटका राजनितिक दल, नागरिक समाज, स्थानियवासी सबैको सहयोगमा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिने पनि दाबी गर्नुयो ।