
२८ असोज । सुर्खेत । बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लि सुर्खेतको सहकारी संचालन तथा व्यवस्थापन तालिम आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
३ दिन सम्म संचालित तालिममा संस्था संचालनका क्रममा आउने विभिन्न समस्या तथा चुनौतीहरुलार्इ समाधान गरी सदस्यहरुलार्इ प्रभावकारी सेवा सुविधा दिनका लागी यस तालिम कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
तालिममा सुर्खेत, दैलेख, जाजरकोट र जुम्ला जिल्लामा रहेका बौद्धका सम्पूर्ण सेवा केन्द्रका प्रबन्धकहरुको सहभागीता रहेको थियो ।
सहकारी संस्थाले आफनो सेवा तथा सुविधाहरुलार्इ अझ सुदृढिकरण गरी सदस्यहरुलार्इ प्रभावकारी सेवा प्रदान गर्नका लागी सहकारी संस्थामा कार्यरत कार्यालय प्रमुखहरुलार्इ विभिन्न सेवा सुविधा, बचत, ऋण संचालन तथा कारोबारका प्रकृयामा तथा बैंक वित्तयि संस्थामा विद्यमान कार्य संचालन प्रणाली, विमा र त्यसले सदस्यको जिवनमा पर्ने सकारात्मक प्रभाव, जिवन रुपान्तरण सम्बन्धि विभिन्न विज्ञहरुबाट तालिममा प्रशिक्षण दिइएको थियो ।
तालिमलार्इ समापन गर्दै संस्थाका अध्यक्ष पंञ्च सिं रोकायाले संस्थाले प्रदेश नं ६ मा व्याप्त रहेको गरीविलार्इ हटार्इ रोजगारीको अवसर श्रृजना गर्नकालागि संस्थाका सेवा तथा सुविधाहरु जनतामाझ प्रभावकारी रुपमा वितरण गर्ने बताउँदै त्यसकालागि सहकारी संस्थाको अन्तराष्ट्रिय मुल्यमान्यता अनुरुप कर्मचारीहरु सबल र सक्षम भर्इ कार्य गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभएको थियो ।
संस्थाका सचिव पासाङ्ग महत्तरा, मालपोत कार्यालय सुर्खेतका प्रमुख रामप्रसाद खनाल, मेटलार्इफ र्इन्सुरेन्स कम्पनीका क्षेत्रिय प्रबन्धक सुर्यप्रसाद घिमिरे, जनज्योती मा.वि.बड्डीचौरका प्र.अ.नारायण सिग्देल, सिटिजन बैंक सुर्खेतका प्रबन्धक विश्व भारती लगाएतले प्रशिक्षण दिनुभएको तालिमको सहजीकरण संस्थाका वरिष्ठ प्रबन्धक विशाल केसीले गर्नुभएको थियो ।



Prawash Kumar Shakya । २८ आश्विन २०७४, शनिबार १६:२४ बजे