पादका कारण हैरान हुनुहुन्छ ? आयो पाद प्रतिरोधी कपडा


Bad-smell-of-gasपेटमा ग्यास जम्मा हुनु र पाद आउनु सामान्य कुरा हो । तर केही मानिसलाई बढि नै अपानवायु आउँदछ । सार्वजनिक स्थानमा पाद आउँदा मानिसहरु निकै समस्या पर्छन् र कहिलेकाहीँ पादले लाजमर्नु बनाउँछ ।

पादमा ग्याससँगै आउने दुर्गन्ध सबैभन्दा समस्याको कारक बन्दछ । पादको समस्याबाट पिरोलिएकाहरुको दुखलाई ध्यानमा राख्दै केही कम्पनीहरुले यस्तो कपडा उत्पादन गर्दैछन् जसबाट पादको दुर्गन्ध बाहिर आउने छैन ।

गत वर्ष बेलायतको एक कम्पनी श्रेड्डाइस निकै चर्चामा थियो । उसले पादको दुर्गन्ध कम भन्दा कम बाहिर निस्किन दिने सोँचका साथ पाइजामा तथा जिन्स उत्पादन गरेको थियो ।

कम्पनीले यस्तो जिन्स तथा पाइजामा डिजाइन गरेको थियो जसबाट ग्यासको दुर्गन्ध फिल्टर होस् । कम्पनीका मालिक पल ओ लियरी आफैपनि ग्यास तथा पेटको समस्याबाट पीडित छन् । जब बेलायतमा सार्वजनिक स्थानमा धुम्रपान प्रतिबन्धित गरियो तब उनका लागि चुरोट तान्दै खुल्ला ठाउँमा गएर पाद्ने निहुँ पनि बन्द भयो र आफ्नो समस्या नियन्त्रण गर्न निकै मुस्किल पर्यो ।

यस्तोमा उनलाई एउटा आइडियो फुर्यो । यस्तो कपडा बनाइयोस् जसले पादको दुर्गन्ध रोकोस् । त्यसपछि उनले आफ्नो एक फेसन डिजाइनर साथीसँग मिलेर १८ महिलासम्म लगातार मेहेनत गरी यस्तो कपडा तयार पारे जसले पादको दुर्गन्ध फिल्टर गर्छ र दुर्गन्ध रहित ग्यास मात्र बाहिर पठाउँछ ।

सुरुमा त उनको कम्पनीले मात्रै यस्तो पाद प्रतिरोधी कपडा उत्पादन गर्दथ्यो । तर अहिले भने अन्डर टेक तथा वेल फ्लाट डी जस्ता कैयन् कम्पनीहरुले पादको दुर्गन्ध बाहिर आउन नदिने यस्ता कपडा उत्पादन गर्न थालेका छन् ।

साभारः अनलाइन खबर