१९ बर्षीया मालती ऋषिदेव मुलुककै होची महिला भएको दाबी


मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं. ४ बडहराकी १९ वर्षीया मालती ऋषिदेव मुलुक कै सबैभन्दा होची महिला भएको दावी गरिएको छ । उनको उचाई मात्र ३२ इन्च रहेको छ ।

चार जना सन्तान मध्ये सबैभन्दा जेठी मालती पछिको बहिनीहरुको विवाह भईसकेको छ भने एक भाई ट्याक्टरमा काम गर्ने गर्छन् । स्थानीय गछिया खोलाको बालुवा निकालेर जीविकोपार्जन गर्दै आएका मालतीका बुवा रमेश ऋषिदेवले मालती अहिले सम्म विरामी नपरेको बताएका छन् । उनको तौल मात्र १४ केजी रहेको छ ।

दिनभर घर मै खेलेर बस्ने गरेकी मालतीको नागरिकता बनाउन जाने क्रममा उनको उमेर र उचाई बारे स्थानीय निकायमा सोधिखोजी भएपछि मालती सबैभन्दा होची हुन सक्ने अनुमान गरिएको सुन्दर हरैचा नगरपालिकाका मेयर शिव ढकालले जानकारी दिनुभयो । १९ वर्ष पुगेपनि मालतीको नागरिकता बनेको छैन ।

सुन्दर हरैचा नगरपालिकाले मालतीलाई आन्तरिक स्रोतबाट सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरिएको छ ।

साभारः न्यूज२४टिभीनेपाल