बौद्ध कथामा आधारित नेपाल भाषाको चलचित्र ‘कृषागौतमी’ माघ १ देखि ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा हलमा प्रदर्शन भइरहेको छ।
दिजेन्द्र शाक्यको लगानीमा रामकृष्ण खड्गीले निर्देशन गरेको यस चलचित्र प्रदर्शनबाट प्राप्त हुने सम्पूर्ण रकम बौद्ध बिहार मर्मत, निर्माण, सम्भार तथा सम्बन्धित संस्थालाई सहयोग गरिने निर्माण पक्षले जनाएको छ।
यस चलचित्रमा शिव श्रेष्ठ, मेलिना मानन्धर, कर्मा, लुनिभा तुलाधर, वत्स शाक्य, मञ्जु श्रेष्ठ, नगीना जोशी, रामकृष्ण महर्जनलगायतले अभिनय गरेका छन्।
निर्देशक खड्गीकै लेखन रहेको यस चलचित्रमा हरेक प्राणीको जन्मसँगै मृत्यु निश्चित छ भन्ने शाश्वत सत्यचिन्तन प्रस्तुत गरिएको छ।
साभारः अन्नपूर्ण पोष्ट
Milan Shrestha । ६ माघ २०७२, बुधबार ०८:०१ बजे