जाडो महिनामा बढ्ने विद्युतको माग पूरा गर्न भारत सरकारको सहयोगमा मुजफ्फरपुरमा १०० एमभिए क्षमताको वैकल्पिक ट्रान्सफर्मर जडान कार्य थालिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
ढल्केबरस्थित नयाँ सवस्टेशन निर्माणमा ढिलाई हुने भएपछि वैकल्पिक उपायका रुपमा ट्रान्सफर्मर जडान थालिएको अधिकारीहरु बताउँछन्।
त्यसको सहयोगमा अर्को महिना भित्रमा भारतबाट थप ७५ मेगावाट विजुली नेपाल ल्याइने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन्।
उनले यस वर्षको जाडोमा राजधानीमा लोडशेडिङ्ग हुन नदिने प्रतिबद्धता पनि दोहोर्याएका छन्।
निर्माण
नेपाल विद्युत प्राधिकरणका अनुसार ७५ मेगावाटसम्मको विजुली आयात गर्न सकिने गरि १०० एमभिए क्षमताको वैकल्पिक ट्रान्सफर्मरको मुज्जफरपुरमा निर्माण थालिसकिएको छ।
त्यसबाट अर्को महिनासम्म थप विजुली आयात गरिने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बताए।
उनले भने, “१०० एमभिएको ट्रान्सफर्मर जडान गर्ने काम पावर ग्रिड कर्पोरेशन अफ इन्डियाले गरिरहेको छ, त्यसका लागि भारतको उर्जा मन्त्रालयबाट निर्देशन भइसकेको छ। त्यो ट्रान्सफरमर जोडिएपछि थप ७५ मेगावाट विजुली एकमहिना भित्र ल्याउँछौं।”
साभारः विविसी



Prawash Kumar Shakya । २९ मंसिर २०७३, बुधबार १५:०१ बजे