
दैलेख पुष १६ । नेपाल भ्रमण बर्ष २०२० आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ । कर्णाली प्रदेश सभा सांसद अम्मरबहादुर थापाले दैलेखको टुडिखेलमा आयोजित समारोहका बीच भ्रमण बर्षका औपचारिक शुभारम्भ गर्नु भएको छ।

समारोहमा कर्णाली प्रदेश सांसद मिनासिंह रखाल, जिसस उप–प्रमुख लक्ष्मीदेवी शाह, नारायण नगरपालिका मेयर रत्नबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल लगाएतले सम्बोधन गरे । दैलेखको मौलिक संस्कृति झल्कने तरबार नाच, टाकटुके नाच, नेवार समुदायको भेषभूषा प्रदशनी सहितको ¥याली दैलेख सदरमुकामको गणेश चोक हुँदै ऐतिहासिक कोतगढी परिक्रमा पश्चात टुडिखेलमा भ्रमण बर्ष शुभारम्भ समारोहमा परिणत भएको थियो । सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाएर उक्त अवधीमा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष लिएको छ ।




Milan Shrestha । १६ पुष २०७६, बुधबार २३:४४ बजे