
मिलन श्रेष्ठ
बैशाख,२ सुर्खेत ।
मेरो वर्ष अभियान २०७५ अन्तर्गत आईतबार (आज) वीरेन्द्रनगरमा ट्राफिक सचेतना सम्वन्धी अन्र्तक्रिया सम्पन्न भएको छ । स्वास्थ्य प्रति जिम्मेवार संमृद्धिको आधार भन्ने मुल नाराका साथ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रायले शुरुगरेको मेरो वर्ष अभियान सुर्खेतमा पनि शुरुवात गरिएको छ ।
जस अनुसार आईतबार सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा उक्त अन्तक्रिया गरिएको हो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव गिरिजा शर्माले जनतालाई सर्व सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले मेरो वर्ष अभियान २०७५ सञ्चालन गरिएको बताउँदै ट्राफिक दुर्घटनाबाट हुने घाईतेहरु प्रत्यक्ष स्वास्थ्य संग जोडिएकाले ट्राफिक जनचेतनालाई पनि मन्त्रालयले जोडेको बताउँदै यस्तो बताउनु भयो ।
शर्माका अनुशार, ट्राफिक दुर्घटनाबाट बर्सेनि सयौँको संख्यामा ज्यान गुमाउने र हजारौको संख्यामा घाईते हुने भएकाले यो वर्ष देखी स्वास्थ तथा जनसंख्या मन्त्रालयले मेरो वर्ष अभियान २०७५ अन्तर्गत ट्राफिक सम्वन्धी सचेतनालाई पनि समेटेको हो । कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका डिएसपी वीरबहादुर वलीले यही आर्थिक वर्ष श्रावन महिना देखी फागुन सम्ममा सवारी दुर्घटनाबाट १६ जनाको मृत्यू भएको र ९ जना घाईते भएको बताउनु भयो । डिएसपी वलीका अनुसार जुम्लामा १०, मुगुमा ४ र हुम्लामा १ जनाको मृत्यू भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार विगत ५ वर्ष यता कर्णाली प्रदेशमा सवारी दुर्घटनाको तथ्याङ्क हेर्दा ४ सय ८६ को मृत्यू भएको छ भने १६ सय ११ जना घाईते भएका छन् । नेपालमा प्रत्योक वर्ष सवारी दुर्घटनाबाट करिब ११ सयको हाराहारीमा मुत्यू हुने गरेको पाईन्छ । कर्णाली प्रदेशमा सडक दुर्घटनाको प्रमुख कारण ट्राफिक जनचेतनाको अभाव र कच्ची सडक लगाएत रहेको डिएसपी वलीको भनाई छ ।



Milan Shrestha । २ बैशाख २०७५, आईतवार १६:२९ बजे