
१३ असार, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले किसान समस्या समाधान गर्न माग गर्दै किसानलाई समय मै मल बीउ उपलब्ध गराउन निम्ति बिरोध र्याली सहित कर्णाली प्रदेश कृषि मन्त्रालय मा धर्ना कार्यक्रम गरेको छ ।
राप्रपाको केन्द्रीय कार्यक्रम अन्तर्गत देशभरीका कृषि कार्यालय, कृषि निर्देशनालय, कृषि मन्त्रालय हरुमा विरोध सभा सहित धर्ना कार्यक्रम अनुसार आज सोमबार राप्रपा सुर्खेतले किसानहरुको समस्या तत्काल समाधान गर्नकालागि सुर्खेतमा रहेको कर्णाली प्रदेश कृषि मन्त्रालय अगाडी धर्ना सहित विरोध कार्यक्रम थियो ।
विरोध र्याली वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भइ बजार परिक्रमा गर्दै कृषि मन्त्रालय पुगेको थियो । र्यालीमा किसानहरुको समस्या समाधान गर्नुपर्ने, किसानहरुलाई समयमै मल र बिउ उपलब्ध गराइनुपर्ने, महङ्गी तथा कालोबजार नियन्त्रण गर्नुपर्ने, सिचाइ सुविधा व्यवस्था गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गरी २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पती छानबिन गरिनुपर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क गरिनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने लगायतका माग गर्दै नारा लगाइएको थियो ।
किसानहरुको समस्या तत्काल समाधान नभए, आगामी दिनमा सशक्त रुपमा आन्दोलन अगाडी बढ्ने र आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार सरकार आफैले भोक्नु पर्ने राप्रपाका प्रेम बिसीले जानकारी दिनुभयो ।



Prawash Kumar Shakya । १३ असार २०७९, सोमबार १८:१२ बजे