तनहुँको दुलेगौंडामा हुण्डाई कार दुर्घटनाग्रस्त


मंसिर ०७, दुलगौँडा । तनहुँको शुक्लागण्डकी (३ दुलेगौंडामा विहिबार विहान सेतो रंङ्गको भाडाको हुण्डाई कार दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । बा २ ज ५८४ नम्बरको कार नालामा दुर्घटना ग्रस्त भई कोल्टो परेको अवस्थामा भेटिएको हो ।15621952_703865403115990_2629265549069130879_n

दुर्घटनाबाट कारको अगाडिको केहि भाग र पछाडीको सिसामा क्षति पुगेको छ । दुर्घटनामा मानविय क्षति भए नभएकोबारे भने पत्ता लागेको छैन । दुर्घट्नाग्रस्त कारबाट डिल बहादुर खत्रीको नाम रहेको विल वुक र चालक बर्मा राजवंशीको नाममा काटिएको रसिद भेटिएको प्रहरी निरीक्षक राजु केशीले जानकारी दिए । गाडी धनी र चालक कोहि पनि सम्पर्कमा नआएको प्रहरी निरीक्षक केसीले बताए । दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय वेलचौतराले जनाएको छ । स्थानियका अनुसार विहान ३स्३० बजे तिर दुर्घट्ना भएको थियो । चालक राजवंशीले काठमाण्डौँमा गएर साहुलाई लिएर आउँछु भन्दै गएको स्थानियले जानकारी दिए । काठमाण्डौँबाट पोखरा यात्रु पु¥याएर काठमाडौँ फर्किने क्रममा दुर्घटना भएको बताइए पनि कारको अगाडीको भाग पोखरातर्फ नै फर्किएको छ ।15590408_703865409782656_5315696246004963284_n

रातको समयमा तीव्र गतिको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।स्रोत्रः राजकुमार आले फेसबुक ।