पलंग भाँच्चिएर भुइँमा थचारिने डरका कारण उनीहरुले पलंगमा मच्चिएर निस्फिक्री भएर नित्यकर्म गर्न पनि पाएनन् । उनीहरुले त्यसपछि पलंग किन्न छाडे र भुइँमै ओछ्यान विछ्याएर सुत्न थाले । यसरी कति दिन चल्नु ? यसो विहेका फोटोहरु हेर्दा पो महसुस गरे आफुहरुको जिउ त निकै मोटो छ, अब घटाउनुपर्छ । लिसाका अनुसार बारम्बार पलंग भाँच्चिने समस्यापछि उनले विवाहका फोटा हेरिन् र आफु निकै मोटी भएको अनुभुति गरिन् । उनको लोग्ने नोलको वजन पनि निकै बढि थियो । त्यसपछि उनीहरु जिउको तौल घटाउन कम्मर कसेर लागे । पछिल्लो दुइवर्षमा उनीहरुले आफ्नो जिउको तौल आधाले घटाइसकेका छन् । नोल र लिसाबीच सन् २००३ मा भेट भएको थियो । एकअर्कासँग नजिकिए उनीहरु । विस्तारै मायाप्रेम बस्यो । उनीहरुले प्रेममय त्यो मौसममा निकै खानपिन गरे, जंकफुड निकै खाए । जसका कारण दुवैजनाको जिउ निकै मोटायो । तर पनि उनीहरुलाई आफ्नो जिउको वजन आवश्यकता भन्दा बढि भएको र जिउ स्लिम बनाउनु पर्ने कुनै अनुभुति नै भएन । सन् २०१३ मा नोलले लिसासँग बिहेको प्रस्ताव राखे र विहे पनि गरिहाले । बिहे गरेर दुबैजना सँगै रहन र बिहेपछिका कर्महरुमा नियमित रुपमा संलग्न हुन थालेपछि बल्ल आफुहरुको जिउ बढि मोटाएको अनुभुति भयो ।




Milan Shrestha । २ माघ २०७२, शनिबार १६:५८ बजे