अशोक राजी ।
सुर्खेत, १९ पौष ।
सुर्खेतका कुमाल समुदायहरु पनि विभिन्न संगठन विस्तार गर्दै एक जुट हुन थालेका छन ।
आफ्नो समुदायको हकहितका लागि भन्दै वडा, नगर र जिल्ला हुँदै संगठनलाइ विस्तार गरि एकजुट हुन थालेका हुन ।
आफ्नो संगठनलाइ बलियो नबनाउँदासम्म आफु र आफ्नो समुदायलाइ अगाडी बढाउन नसकिने भएकाले सबै कुमालहरु एक जुट हुने आज वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका सहभागी कुमालहरुले जोड दिएका छन ।
आज वीरेन्द्रनगरमा भएको नेपाल कुमाल सुधार समाजको वीरेन्द्रनगर नगरको दोस्रा नगर अधिवेशनमा सहभागी कुमालहरुले अब कुमालहरु आफ्नो संस्कृती, भाषा, पेशालाइ जोगाउन अग्रसर रहेको पनि कार्यक्रममा जानकारी गराएका छन ।
कार्यक्रममा नेपाल कुमाल सुधार समाजका केन्द्रिय सदस्य जसवीर कुमालले कुमालहरु अबका दिनहरुमा आफ्नो भाषा, सस्कृती, लगायतका विषयहरुलाइ जोगाइ राख्नका लागि पर्नेमा जोड दिनुभयो ।
यस्तै नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका उपाध्यक्ष जीवन कुमार शाक्यले आदिवासी जनजाती अन्तर्गत पर्ने कुमाल समुदायले पनि आफ्नो हकहितका लागि हरबखत लागि रहन सुझाव दिनुभयो ।
यसैगरि गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सदस्य यादव गुरुङले आफ्नो पहिचानलाइ जोगाइ राख्नका लागि कुमाल समुदायलाइ सुझाव दिनुभयो ।
कुमाल समाज सुधार समितीका नगर अध्यक्ष लालबहादुर कुमालको सभापतित्वमा भएको कार्यक्रममा राजी शाल्म समाजका सचिव अशोक राजी, नेपाल मगर संघका सचिव प्रमोद बाह्रघरे, कुमाल समाजका जिल्ला अध्यक्ष लाले कुमाल लगायतले शुभकामना दिनुभएको थियो ।
यस्तै इन्द्र बहादुर कुमालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती चयन गरिएको छ ।
उपाध्यक्षमा कुल बहादुर कुमाल, सचिवमा नमराज कुमाल, कोषाध्यक्षमा सकुन्तला कुमाल रहनुभएको छ ।
सदस्यहरुमा खड्क बहादुर कुमाल, सुनिता कुमाल, लक्ष्मी कुमाल र गौरा कुमाल चयन हुनुभएको छ भने सल्लाहकारमा कमानसिह कुमाल र लाले कुमाल रहनुभएको छ ।



Milan Shrestha । १९ पुष २०७३, मंगलवार १०:३४ बजे