युनेस्कोको क्षेत्रीय अध्यक्षमा नेपाल


युनेस्कोको एसिया प्रशान्त अध्यक्षमा नेपाल चयन भएको छ । युनेस्कोको सदस्यता लिएपछि नेपाल पहिलोपटक सर्वसम्मत क्षेत्रीय अध्यक्षता पाएको हो । ४४ सदस्यीय उक्त क्षेत्रीय ब्युरोको अध्यक्षता यसअघि चीनले गरेको थियो । सन् २०१३ देखि नेपाल उक्त ब्युरोको कोर बोर्डमा प्रवेश गरेको थियो । त्यसैआधारमा नेपालले अहिले उक्त समुहको अध्यक्षता गर्न पाएको हो । 
प|mान्सका लागि नेपाली राजदुत तथा युनेस्कोका लागि स्थायी प्रतिनिधी अम्बिकादेवि लुइटेलले सन् २०१६ का लागि अध्यक्षता लिएकी हुन् । यसअघि नै नेपालले उक्त ब्युरोमा सचिव र कोषाध्यक्षको भूमिका निर्वाह गरेको थियो । अघिल्ला राजदूत मोहनकृष्ण श्रेष्ठले युनेस्केाको गर्भनिङ बडिको एक्जुकेटिभ बोर्ड सदस्यमा नेपाललाई निर्वाचित गराएका थिए । नेपाल सन २०१७ सम्म उक्त बोर्डमा सदस्य रहनेछ । बोर्डमा रहेको मुलुकले नै यस्तो अवसर पाउछ । 
साभारः कान्तिपूरअनलाइन