राम्रो उद्देश्य मात्र बोकेर नहुने त्यसलाई व्यवहारमा उतार निकै चुनौतीपूर्ण: मुख्यमन्त्री शाही


११ भाद्र, सुर्खेत । नेपाल जेसीजको आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा क्षेत्र “घ” सम्मेलन शुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जेसीज भनेको असल नेतृत्वको जनशक्ति उत्पादन गर्ने संस्था भएकोले यस्को उदेश्यलाई आत्म साथ गरेर अगाडी बढ्नुपर्ने औल्याउनुभयो ।

मुख्यमन्त्री शाहीले राम्रो उदेश्य मात्र बोकेर नहुने त्यसलाई व्यवहारमा उतार निकै चुनौतीपूर्ण भएकोले त्यसलाई बुझेर मानव जीवनमा उतारनु मुख्य कुरा भएको बताउनुभयो । एकप्रसङ्गमा मुख्यमन्त्री शाहीले नेपालका राजनितिज्ञहरुले बुझ्नुपर्ने कुरा भनेको एक व्यक्ती एक पद हो तर हाम्रो देशमा नमरुञ्जेल सम्म पद नछोड्ने बानीले राष्ट्रले गति लिन नसकेको उल्लेख गर्नुभयो ।

२ दिन सम्म चल्ने सम्मेलनमा भौतिक उपस्थिति र भर्चूअल माध्यमबाट करिब ६ सय यूवाहरुको सहभागीता रहने आयोजक वीरेन्द्रनगर जेसीजले जनाएको छ ।