म बलत्कृत भएको छैन्ः पिडित महिला (भिडियोसहित)


१४ भाद्र, सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कर्मराज शाहीद्वारा बलत्कृत भनिनुभएकी पिडितले आज पत्रकार भेटघाट गरी आफू बलत्कृत नभएको बताउनुभएको छ ।

पिडित महिलाले आफू यो घटनाले निकै दुखी भएको बताउँदै आफु बलत्कृत नभएको बताउनुभएको छ । मिडिया आएको समाचारहरुले आफ्नो चरित्र हत्या भएको पिडितको आरोप छ । मिडिया आएको कुराले धेरैपटक आत्महत्या गर्न खोजेको पिडितका श्रीमान् कुम्भराज सेजुवालले बताउनुभयो । मिडियामा आएको भिडियो पूर्णरुपमा सम्पादन गरेर बाहिर ल्याइएको सेजुवालले जिकिर गर्नुभयो ।