५ मंसिर । सुर्खेत । वीरेन्द्रनगरको वडा नं ९ मा आजबाट एकिकृत सम्पत्ति कर वडा बाटै बुझ्ने कार्यको शुरुवात भएको छ । अा.व. ०७४/०७५ देखिको एकीकृत सम्पति कर बुझ्ने कार्य शुरु गरिएको ९ नं वडाका कर्मचारी भिमबहादुर खड्काले बताए ।
सर्वसाधारण जनताहरूलाई सजिलाे, छिटाे र छरिताे काम हुनुका साथै समयमै अाफ्ना कामहरू गर्न पाउने उदेश्य अनुरुप एकिकृत सम्पत्ति कर बुझ्न शुरु गरिएको वडा अध्यक्ष सुरेश मानन्धरले बताए ।
Milan Shrestha । ५ मंसिर २०७४, मंगलवार १५:३३ बजे