चौघान पार्क निर्माण हुने


३० बैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चौघान पार्क निर्माणको लागि डिजाइन तयार भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको पछाडिको रहेको खाली जग्गामा पार्क निर्माण गर्न लागिएको हो ।

वीरेन्द्रनगरलाई सुन्दर र रमणिय बनाउनको लागी चौघान पार्क निर्माण गर्न लागिएको सुर्खेत उपत्यका नगर विकास समितिले जनाएको छ । नगर विकास समितले आज वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर चौघान पार्क निर्माण सम्बन्धि सुझाव संकलन गरेको छ । सुझाव संकलन कार्यक्रमका सहभागीले चौघान निर्माणले सुर्खेतको पहिचान झल्काउने खालको पार्क निर्माण गर्न सुझाव दिएका छन ।

उनिहरुले पार्क भित्र स्थानिय भेषभूषा झल्कने खालका साम्रागीहरुलाई राख्र आग्रह गरेका छन । कार्यक्रममा आर के टेक्चर ईन्जिनियर पल्लबी सिहँले तयार पारिएको गुरुयोजनाको डिजाईन सार्वजनिक गरिएको छ ।

उहाँले निर्माण गरेको डिजानईनमा पार्क भित्र,केटा केटीदेखि बृद्धबृद्धा सम्मको लागि मनोरन्जनका विभिन्न सामग्रीहरु समेत राखिएको छ । पार्क निर्माणको लागि झन्डै २० करोड ८० लाख रकम लागत लाग्ने अनुमान गरिएको ईन्जिनियर सिहँले जानकारी दिनुभयो । उहाँले सरकारी कार्यालयको नजिक पार्क निर्माण गर्न लागिएकाले त्यहाँ प्रतिक्षास्थलको रुपमा समेत परिचित हुने बताउनुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरापालिका प्रमुख देवकुमार सुबेदीले वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजना भित्र नै चौघान पार्क पनि पर्ने भएकाले यसको विकास गरिने बताउनुभयो । उहाँले चौघान पार्क नेपाल मै नमुना पार्क बन्ने भन्दै यसमा सबैको साथको आबश्यक रहेको उल्लेख गर्नुभुयो । नगर प्रमुख सुबेदीले बजेटका हिसाबले चौघान पार्क निर्माण गर्न धेरै ठुलो समस्या नभएको भन्दै अहिले डिजाईन अनुसार काम थालिने बताउनुभयो ।

कार्यक्रममा उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कुमार कोईरालाले सुर्खेतको बजारलाई पहिले चौघान भनिने भएकाले त्यसको पहिचानका लागि पनि यसको नाम चौघान पार्क राख्रन लागिएको बताउनुभयो । उहाँले पार्क निर्माण बनाउने स्थलमा प्रदेश सरकार भवन निर्माणका संरचना बनाउने निर्णय गरेको भन्दै त्यो मान्ने नहुने बताउनुभयो ।

अध्यक्ष कोईरालाले उपत्यका नगर विकास समिति अवको केही दिनमा नगरपालिका मातहतमा रहने भएकाले नगरपालिकालाई छिटै डिपियार तयार पारेर काम थाल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सुर्खेत उधोग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कर्णाली प्रदेशका विभिन्न खालका चिनाहरु राखेर काम थाल्नु पर्नेमाजोड दिनुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्ष विभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो।