सल्यानको विकट बस्तीमा मोटरबाटो निर्माण शुरु


२० पुस, सल्यान । १० लाख रुपैयाँ अनुदान सहयोगमा सल्यान कपुरकोट गाउँपालिकाको वडा नम्बर १ छापमा मोटरबाटो निर्माण हुने भएको छ ।

कपुरकोट गाउँपालिकाको अनुदान सहयोगमा मोटरबाटो निर्माण कार्य सुरु भएको मोटरबाटो निर्माण कार्य आईतबारबाट सुरु भएको छाप खोरबारे मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष धन बहादुर रानाले जानकारी दिनुभयो ।

कपुरकोट १ को लामपोखरा जोड्ने लक्ष्यको साथ मोटरबाट निर्माण गर्न थालिएको हो । निर्माण कार्य शुभारम्भको अवसरमा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले सम्झौता अवधि भित्रै गाउँपालिकाले तय गरेको मापदण्ड अनुसार बाटो निर्माण गर्न आग्रह गर्नुभयो । भने प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले गुणस्तरिय र पारदर्शी ढंगले योजना सञ्चालन गर्न आग्रह गर्नुभयो ।

गाउँवस्तीमा मोटरबाटो पुग्ने भएपछि विकासका अन्य सम्भावना खुल्ने भन्दै स्थानीय भिम बहादुर रानाले खुसि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो गाउँवस्तीमा तरकारि खेती हुने गर्दछ । अव गाउँमै सडक पुग्ने भएपछि तरकारि विक्रि गर्न सजिलो हुने भयो ।’

अहिले निर्माण गर्न लागेको सडक पुरै नयाँ कटिङ भएको वडा नम्बर १ को कार्यालयले जनाएको छ । वडाध्यक्ष बालाराम खड्काले भौतिक पूर्वाधार विकासको क्षेत्रलाई प्राथमिकता दिइएको बताउनुभयो । आफ्नो वडामा विद्युत, खानेपानी, सडक निर्माण लगाएतका योजना चालु आर्थिक वर्षमा सञ्चालन भइरहेको खड्काले जानकारी दिनुभयो ।