आन्दोलनका कारण वीरगन्ज छाड्न थाले विद्याथी


१ माघ, वीरगन्ज । मधेसमा लगातार भएको बन्द-हड्तालका कारण पठनपाठनमा असर परेपछि वीरगन्जका विद्यार्थी यहाँका स्कुल-कलेज छाडेर अन्यन्त्र जान थालेका छन् । खासगरी निजी विद्यालयका विद्यार्थी वीरगन्ज छाडेर अन्य सहरतिर लाग्न थालेका हुन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पर्साका अध्यक्ष लालबाबु पटेलले निजी विद्यालयमा पढ्ने १० प्रतिशत विद्यार्थी वीरगन्ज छाडेर अन्यन्त्र गएको बताए । उनले आफ्नो विद्यालय मिनिल्यान्ड माध्यमिक विद्यालयबाट पनि सातआठजना विद्यार्थी स्थानान्तरण भएको बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।
विद्यालय खुलेपछि विद्यार्थीको पढाई सुधार गर्न शुक्रबार र शनिबार पनि पूरा दिन तथा सरकारी विदाका दिन पनि पढाउने गरेको पटेलले बताए ।
साभारः अनलाइन खबर