१४ पौष, सुर्खेत । मिठो सिकाई फाउण्डेसन सुर्खेतले आज बिपन्न विद्यार्थीहरुलाई वीरेन्द्रनगरमा कापी वितरण गरेको छ ।
वीरेन्द्रनगर-१०, सुर्खेतमा रहेको श्री जनचेतना प्राथमिक विद्यालय सानो सुर्खेतमा मिठो सिकाइ फाउन्डेसनले कापी वितरण गरेको हो । शिशु देखी ५ कक्षामा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई कापी वितरण गरिएको फाउन्डेसनका अध्यक्ष हेमन्त बस्नेतले बताए ।
फाउन्डेसनले विपन्न विद्यार्थीकालागि कापी वितरण गर्नकालागि वीरेन्द्रनगरमा रहेको डिभि निकेतन विद्यालयमा सांगितिक कार्यक्रम गरी कापी संकलन गरेको थियो । कापी वितरण कार्यक्रमले विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलापमा महत्वपूर्ण भुमिका खेल्ने विद्यालयकी प्राध्यानाध्यापक चन्द्रा अर्यालले बताउँदै सह्रानीय कार्यकालागि फाउन्डेसन धन्यवाद व्यक्त गरेकि थिइन ।



Prawash Kumar Shakya । १४ पुष २०७४, शुक्रबार १५:४१ बजे