नेपालका सर्वाधिक शतक रक्तदाता कर्माचार्यद्वारा १८२ औं पटक रक्तदान


२६ चैत्र, स्याङ्गजा / नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले आज १ सय ८२ औं पटक रक्तदान गर्नुभएको छ । स्वयंसेवी रक्तदाता राष्ट्रिय रक्तनायक कर्माचार्यले स्याङ्गजाको पुतली बजारमा आज १ सय ८२औं पटक रक्तदान गर्नुभएको हो । कर्माचार्यले यसभन्दा अगाडी १ सय ८१ औं पटकको रक्तदान नुवाकोट जिल्लामा गर्नुभएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता कर्माचार्य भन्नुहुन्छ “मैले आफ्नो ३/३ महिनामा गर्ने नियमित रक्तदान कार्यलाई आज स्याङ्गजा जिल्ला अस्पताल, पुतलीबजारमा १८२औं पटकाे रक्तदान गर्ने मौका प्राप्त गरे । म नियमित रक्तदानको सिलसिलामा जुम्ला, बझाङ्ग, नुवाकोट, सुर्खेत, डडेल्धुरा, लगाएत विभिन्न जिल्लामा रक्तदान गर्दै आएको छु । मैले यो विभिन्न जिल्लामा रक्तदान गर्न जानुको प्रमुख कारण भनेको मानवीय जीवन बचाउनकालागि यूवाहरुमा उत्प्रेरणा जागोस् भन्ने उद्देश्य रहेको छ । त्यसैले म प्रत्येक स्वस्थ यूवाहरुलाई आफ्नो १८ औं जन्मोत्सव सँगै रक्तदान जस्तो महानकार्यमा सरिकहुन अनुरोध गर्दछु ।

नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाकाे विशेष संयाेजनमा आयाेजित कार्यक्रमकाे सभापतित्व समाजको कास्की जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले गर्नुभएको थियो भने रक्त सञ्चार सेवाका प्रमुख साजन सापकोटाकाे आतिथ्यता एवं प्रविधिक सहयोगमा सम्पन्न कार्यक्रमलाई नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका सचिव विशाल अर्यालद्वारा सहजिकरण गर्नुभएको थियो ।  कार्यक्रममा विशेष राईले पनि छैठौं पटकको रक्तदान गर्नुभएको थियो ।