एकमत भई अगाडि बढ्याै भने संगठन बलियाे हुन्छ: जिसी


९ फागुन, सुर्खेत । नेपाली काँग्रेस सुर्खेतका पूर्व पार्टी सभापति डम्मर विक्रम जिसीले कुनैपनि पार्टीको क्रियाकलाप गर्दा एकमत भइ अगाडी बढेमा संगठन बलियो हुने बताउनुभयो । नेपाली काँग्रेसको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को कार्यालय उद्घाटनमा उहाँले यस्तो बताउनुभएको हो ।

त्यस्तै नेपाल काँग्रेस वीरेन्द्रनगर सुर्खेतका नगरसभापति उपेन्द्रबहादुर खड्काले संगठन विस्तारका कार्यमा नगर समिति सदैव साथ र सहयाेगकाे लागि तयार रहेकोले आगामी हुने स्थानीय चुनावकाे लागि युवाहरूलाई लाग्न अनुराेध गर्नु भएकाे छ । कार्यक्रममा काँग्रेसका वडा सभापति विष्णु जिसीले अबका दिनहरूमा नेपाली काँग्रेस पार्टीले कुनै पनि गतिविधिहरू संचालन गर्दा एकमत भई अगाडि बढेमा संगठन बलियाे हुने बताउनुभयाे ।

कार्यक्रममा जिल्ला कार्य समिति सदस्य रूपा श्रेष्ठ, पूर्व क्षेत्रिय सभापति नारायण कुमार काेईराला, पूर्व जिल्ला कार्यसमिति सदस्य कमल गुरूङ्ग, क्षेत्रिय काेषाध्यक्ष बसन्ती जिसी, प्रदेश प्रतिनिधि सुशिला राणा, नगर सचिव मिलन श्रेष्ठ महिला संघ क्षेत्रिय प्रतिनिधि शान्ती सिंह, क्षेत्रिय प्रतिनिधिहरू सुरेश मानन्धर, किशन बहादुर शाही, शुभाष श्रेष्ठ, शर्मिला चाैधरी, नगर सदस्यहरू चन्द्रा कुमारी श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, सुदिप बिक्रम जिसि, टाेपेन्द बिसि लगायतकाे उपस्थित रहेकाे थियो ।