ब्राजिलको एक सडकमा एक बाख्राले त्यो बाटो भएर हिड्ने यात्रुलाई निकै दु:ख दिएको छ । उक्त बाख्रा रहेको बाटो भएर हिड्ने हरेक मानिसलाई हान्ने तथा लखेट्ने गरेपछी उक्त बाटो भएर हिड्ने यात्रुहरू निकै हैरान भएका थिए ।
सवारी साधनमा रहकेा हुन् या बाटोमा पैदल हिडिरहेका हुन्, जसलाइ पनि आक्रमण गर्ने गरेपछि उक्त सडक क्षेत्रनै अस्तव्यस्त भएको थियो। दिनहुँ निकै ठूलो संख्यामा मानिसहरुको आवातजावत ग्रने गरेको उक्त सडकमा बाख्राका कारण धेरै सास्ती खेप्नुपरेको थियो ।
यसरी बाख्राले लखेट्न आएपछी एक व्यक्तिले त उक्त बाख्रालाई तह लगाउन पिट्ने प्रयास गरे तर उक्त बाख्राले ऊल्टै उक्त व्यक्तिलाई लखेट्यो । यस्तै, सो बाटो भएर हिड्ने धेरै मानिसलाई त्यो बाख्राले लडाइदियो भने केही व्यक्तिलाई चोट पटक समेत लागेको थियो ।
सोही बाटोमा हिड्ने क्रममा एक महिलालाई बाख्राले लखेट्यो । उनी हास्दै हिड्न थालिन् तर बाख्राले उनलाई हानेर पल्टाइदियो र उनले ल्याएका सबै सामान छरपष्ट पारिदियो ।
उक्त घटनाको भिडियो खिचिरहेका व्यक्ति भिडियो खिच्ने क्रममा निकै हासिरहेका थिए तर, जब उक्त भिडियो खिचिरहेका मानिसमाथी बाख्राले आँखा पुर्यायो तब उनी पनि भाग्नुपर्ने अवस्थामा पुगे । उनलाई पनि बाख्राले निकै टाढा सम्म लखेट्यो ।




Milan Shrestha । १९ जेष्ठ २०७०, आईतवार ०३:१४ बजे