७ फागुन, दाङ्ग । माटो खन्दै गर्दा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । ढिस्कोले पुरिएर अर्की एक महिला घाइते भएकी छिन्। ढिस्कोले पुरिएर पुरन्धारा ३ हस्तनापुर बस्ने ३२ बर्षीया मीना ओलीको मुत्यु भएको हो। घर लिप्ने माटो लिन गएका बेला उनलाई ढिस्कोले च्यापेर ज्यान लिएको हो । स्थानीयले दिएको जानकारी अनुसार घाइते महिलालाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याउने तयारी भइरहेको छ।
घटनाको थप विवरण आउन बाँकी छ भने प्रहरी घटना स्थलमा पुग्दै गरेको इलाका प्रहरी कार्यालय खिलतपुर पञ्चकुलेले जनाएको छ।
साभारः अन्नपूर्णपोष्ट अनलाइन



Prawash Kumar Shakya । ७ फाल्गुन २०७३, शनिबार १२:०२ बजे