
सुर्खेत, भदौ ५ । सुर्खेतलाई कर्णाली प्रदेशको राजधानी तोकिए देखी वीरेन्द्रनगर नगरपालिकामा दिनानु दिन जनसंख्या बढ्दै गएको छ । जनसंख्या बृद्धी सँगै सवारी साधनको चाप पनि बढेको छ । जनसंख्या र सवारी साधनको चापका कारण सड्कमा प्रत्यक्ष असर परि रहेको छ । सड्कमा खाल्डा हुनु र त्यसमा पनि जेब्रा क्रसिङ्ग नहुदा दुर्घटना बढिरहेको छ । यसको समाधानका लागि वीरेन्द्रनगर नगरपालिकाले पहल गरिरहेको उप– प्रमख मोहनमाया ढकालले बताईन् ।
यस बारेमा आँफुहरुले प्रदेश सरकार सँग बहस गरेको बताईन् । जेब्रा क्रसिङ्ग र आकासे पुलको बारेमा नगरपालिकाले प्रदेश सरकार सँग समन्वय गरि अघि बढ्ने उहाले बताइन् । वीरेन्द्रनगरका अधिकांश स्थानमा भएका सडकहरुको अवस्था विग्रिएका कारण र ठुला–ठुला खाल्डा खुल्डी परेका कारण दुर्घटना बढिरहेको स्थानीयको गुनासो छ ।
बनेका उपत्यकाका सडकहरु समयमा मर्मत संभार नहुँदा र नगरपालिकाले त्यसमा खासै चासो नदेखाउदा समस्या विकराल बनेको स्थानीयले बताएका छन् । नगरपालिकाले स्थानीय तहको चुनाव भई जनप्रतिनीधि पाएको यतिका समय वित्दा पनि विकासको मेरुदण्डको रुपमा रहेको बाटोको स्तर उन्नती नहुनु दुःखद हो ।
यस विषयमा जिज्ञासा राख्दा नगरकी उप–प्रमुख ढकालले तुरुन्तै नगरपालिकाले बजेट विनियोजन गरी सडक मर्मत संभार गर्ने बताईन् ।
सुर्खेतलाई प्रदेशको राजधानी त तोकियो, तर विकासको मुख्य पाटो सडक भएकाले उपत्यकाका सडकहरुका खाल्डा–खुल्डी हेर्दा राजधानीको कुनै अनुभूती नै हुन नसकेको स्थानीयले गुनासो गर्न थालेका छन् ।
बाटो साँघुरो र सवारी साधनको चाप बढि भएकाले बाटो काट्नै गाह्रो हुने गरेको र त्यस माथी कुनै पनि स्थानमा जेब्रा क्रसिङ्ग नहुँदा दुर्घटना बढ्ने गरेको छ । बाटो पार गर्न सहयोग पुग्ने जेब्रा क्रसिङ्ग कसले बनाइदिने हो र यसको आवश्यक्ता सुर्खेत बजारमा छ की छैन भनेर जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरिबहादुर विसीलाई हामीले जिज्ञासा राख्यौं । यसको जिम्मेवारी नगरपालिका र डिभिजन सडकले लिनुपर्ने उनको तर्क छ ।
सड्कमा भएको खाल्डा खुल्डीले गर्दा यतायात ब्यवसायीले घाटा व्यर्न बाध्य भएको गाडि चालक शंकर भटराईको भनाई छ । यात्रुलाई पनी गाडिमा यात्रा गर्दा असहज हुनका साथै गाडिमा क्षेति पुग्ने गरेको उनले बताए । यसका लगाी सरकारले ध्यान दिनु पर्नेमा जोड् दिए । जेब्रा क्रसिङ्ग नभएकोले गाडि देखी लिए बाटो क्रश गर्न मान्छेको पनी मनोमानी हुने गरेको बताए । यस्तो अवस्थामा दुर्घटना हुने गरेको उनको भनाई छ ।
तत्काल मर्मत गरीएको सड्मा पनी खाल्डा पहिले जस्तो देखीने गरेको अजय बटाल भनाई छ । मर्मत गरेको महिना दिन नपुग्दै सड्क पहिलेकै अवस्थाको जस्तो देखीन गरेको उनले बताए । सड्को अवस्था र जेब्रा क्रसिङ्ग जस्तो सम्बेदनसिल कुरामा सरकार सक्षम नहुदा राजधानी भएको कनै महसु नभएको पनि बताए ।
साभारः एवान खबर ।



Milan Shrestha । ५ भाद्र २०७५, मंगलवार १६:४४ बजे