सामाजिक सञ्जालमा ‘सनसनी’ मच्चाउने नेपाली ‘तरकारीवाली’


काठमाडौंः सामाजिक सञ्जालमा प्रत्येक समय एउटा विषयले व्यापक चर्चा पाउछ । सामाजिक सञ्जालमा चर्चामा रहेकी एक नेपाली युवतीका सनसनीपूर्ण खबर भारतीय सञ्चार माध्यमले प्रकाशनमा ल्याएका छन् ।

भारतीय सञ्चार माध्यमले पाकिस्तानी चियावाला युवाको चर्चापछि नेपाली तरकारीवाली भनेर एक युवतीको चर्चा मच्चाएका छन् । पाकिस्तानी चियावाल अरसद खानको चर्चा पछि नेपाली तरकारीवाली भनेर एक युवतीको तस्बिर भाइरल भएको हो ।photo-5819e7fb661820.95565634

यसरी सामाजिक सञ्चालमा चर्चा पाएकी यी युवतीको तस्बिर गोरखाको भुम्लिचोक गाविसको हो । चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेकी युवती कुशुम श्रेष्ठको फोटो पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले खिचेर फेसबुकमा पोष्ट गरेका थिए ।

उनको फेसबुकबाट सार्वजनिक भएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो । यस अघि भने पाकिस्तानका चिया बेच्ने युवा आफ्नो निलो आँखाका कारण सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

सामाजिक सञ्जालमा चर्चा पाएसँगै पाकिस्तानी युवा अहिले चिया बेच्न छोडेर मोडलिङमा व्यस्त छन् । यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाली युवतीको चर्चा पाकिस्तानी चियावाला युवासँग गरिएको हो ।

साजिक सञ्जालमा युवती चचिर्त भएपछि भने रुपचन्द्रले आफ्नो फेसबुकबाट युवतीको फोटो हटाइसकेका छन् ।

भारतीयहरुले तरकारी अर्थात् क्रेटमा गोरभेडा बोकेकी सुन्दर युवतीको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाएका हुन् । युवती मिहिनती भएको भन्र्दै भारतीयहरुले युवतीको तारिफ गरेका छन् । भारतीयहरुले युवतीको प्रशंसा गर्दै ट्वीटरमा तरकारीवाली नाममा ह्यासट्यागमा ट्रेन्डिङ नै चलाएका छन् ।साभारः अन्नपूर्ण पोष्ट ।