
बुटवल–रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ बाट जुवाखेलिरहेको अवस्थामा जनप्रतिनिधी सहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले तिलोत्तमा ९ मंगलापुरका केशव न्यौपानलेको घरमा जुवा खेलिरहेका तिलोत्तमा ५ का वडा सदस्य हरि पौड्यलसहित ९ जनालाई नियन्त्रमा लिएको प्रहरीले जनाएको छ ।
अन्य पक्राउ पर्नेमा केवश न्यौपाने र नितेश बावुछोरा रहेको प्रहरीले जनाएको छ प्रहरीले जुवा खालबाट ४ लाख २६ हजार नगद सहित अमृत वस्याल,तिलक भुषाल,चक्र पाठक, कलम पाठक, तुल्सीराम कडेल मुकेश पाण्डे,शिवलाल कडेल, मुकेश कडेललाई पनि पकाउ गरेको छ ।
पकाउ परेका सवैलाई जुवा ऐन अन्र्तगत मुद्धा चलाईने ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपक्षिक डिल बहादुर मल्ले बताए ।
साभारः रातोपाटी ।



Milan Shrestha । २३ कार्तिक २०७५, शुक्रबार ०९:३९ बजे