नोकिया ३३१० फेरि बजारमा, के के छन् विशेषता ?


Nokia-3310-768x512१६ फागुन, काठमाडौं । नोकियाको पहिचान रहेको मोबाइल फोन ३३१० एक पटक फेरि बजारमा आएको छ । यो फोन करिव १७ वर्ष पहिले लञ्ज भएको थियो र विश्वमा सबैभन्दा धेरै विक्री भएको फोन बनेको थियो । २००५ मा बन्द हुनु अघि १२.६ करोड युनिट विकेको थियो ।

अब यसको नयाँ भर्सन लञ्ज भएको छ । नोकियाको ब्राण्ड अब फिनल्याण्डको स्टार्टअप कम्पनी एचएमडीसँग छ ।विशेषज्ञहरुले यो ब्राण्ड रिलञ्ज गर्ने जबरजस्त तरिका भनेका छन् । नोकिया ३३१० आफ्नो बलियो र स्नेक गेमका लागि चिनिन्छ ।

एचएमडीले ३३१० को नयाँ भर्सनसँगै तीन अरु एन्ड्रोयड फोन पनि लञ्ज गरेको छ । प्रविधि विज्ञ बेन वुडले भने, यदि एचएमडीले नयाँ फोन मात्र लञ्च गरेको भए अखबारमा सिंगल कोलम मात्र ठाउँ पाउँथ्यो । तर, नोकिया ३३१० का कारण गजबको कभरेज पाएको छ ।’

उनका अनुसार ३३१० को लञ्ज एक सोचबिचार गरेर चलिएको कदम हो र यसको विक्री बढ्नेछ । ३३१० स्मार्टफोन नभई फिचर फोन नै हो । तर, यसमा सीमित इन्टरनेट सेवा पनि छ ।

यो एस ३०+ अपरेटिङ सिस्टममा चल्नेछ र यसमा थ्री जी वा फोर जीको सट्टा २.५ जीको सुस्त गतिको कनेक्टिभिटी हुनेछ । यसमा दुई मेगाफिक्सलको एक क्यामेरा पनि हुनेछ । ३३१० फोनको सबै भन्दा मुख्य विशेषता ब्याट्री हो । एचएमडीका अनुसार यो फोनले एक महिनाको स्ट्याण्डबाइ टाइम दिनेछ जबकि यमिा २२ घन्टासम्म कुराकानी गर्न सकिनेछ ।

फोनमा स्नेक गेमको नयाँ भर्सन पनि हुनेछ ।

साभारः अनलाइनखबर