अध्ययन भन्छ: फेसबुकबाट भएको छैन युवाहरुको मोहभंग


पछिल्लो समय एउटा आमधारणा के बनिरहेको छ भने युवाहरुको फेसबुक प्रतिको आकर्षण घटिरहेको छ र उनीहरु फेसबुक छाडेर टि्वटर जस्ता अन्य सोसल साइट चलाउन थालेका छन् ।
गत वर्ष युवाहरुको फेसबुकप्रतिको रुची घटिरहेको र फेसबुकका युवा प्रयोगकर्ताहरु दिक्क मानेर फेसबुक छाड्दै गएको समाचार आएको थियो । जसले गर्दा फेसबुक र उसका लगानी कर्तामा चिन्ता छाएको पनि थियो ।
तर गत वर्षको यो अफवाहलाई पछिल्लो अध्ययनले गलत सावित गरिदिएको छ ।  विश्वका आम  युवाहरुको फेसबुकबाट मोहभंग अझै भैनसकेको एक रिपोर्टले देखाएको छ ।
फेसबुक अझैपनि युवावर्गको पहिलो रोजाइ बनिरहेको छ । इन्टरनेट विश्लेषक कम्पनी कमस्कोरको तथ्यांक अनुसार १९८० पछि जन्मिएका युवाहरु नियमित रुपमा फेसबुक चलाउने गरेका छन् । सन् २००० ताका जवानीको उमेरमा प्रवेश गरेकाहरु अहिले स्न्यापच्याट, टि्वटर लगायतका सोसल साइटको तुलनामा सबैभन्दा धेरै फेसबुक चलाउँछन् ।
फेसबुकको ३४ अर्ब डलरको बजार पूँजीले पनि यो प्लेटर्फममा अझै युवाहरुको आशक्ति रहेको कुरा देखाउने रिपोर्टले देखाएको छ । अध्ययनका क्रममा १८ देखि ३४ वर्षसम्मका इन्टरनेट प्रयोगकर्ताको विश्लेषण गरिएको थियो ।
रिपोर्टका अनुसार ३५ वर्ष मुनिका मात्र होइन सो उमेरभन्दा माथिका मानिसहरु पनि तन्नेरीहरुले जस्तै फेसबुक नै चलाउँछन् र धेरैले अरु सोसल साइटका अकाउण्ट खोल्ने बारेमा सोँच्दैनन् पनि  ।
साभारः अनलाइन खबर