पहलले मनायो राष्ट्रिय दिवस ।


सुर्खेत, २० चैत ।
६० औ राष्ट्रिय सहकारी दिवस आइतबार सुर्खेत सहित देशभर विविध कार्यक्रम गरी मनाईएको छ ।
दिगो आर्थिक विकास लक्ष्य पाप्तीका लागी सहकारी भन्ने मुल नाराका साथ सुर्खेतमा पनि यस वर्षको राष्ट्रिय सहकारी दिवस मनाईएको हो ।IMG_3530
स्थानीय मंगलगढि चौकबाट याली सुरु भई पिपलचौतारीमा कार्यक्रम सञ्चालन भएको थियो ।
कार्यक्रम राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक चाँदनी ढकालको प्रमुख अतिथ्यतामा सम्पन भएको हो ।
कार्यक्रममा ढकालले सहकारीका माध्यमबाट सर्बसाधारणको जिवन स्तरमा परिवर्तन आएको बताउदै सानोतिनो रकम भएपनि जम्मा गर्नुपर्छ भन्ने धारणाको विकास हुन थालेको बताईन् ।
चुलोचौकामा सिमीत महिलाहरु पहिल्लो समय सहकारीमा आबद्ध भएर जिवन स्तरमा परिवर्तन ल्याउनको लागी सहयोग पुगेको भन्दै महिलाहरु एकआपसमा लागी परेको बताएकी छन् ।
सहकारीमा आबद्ध भएर आत्मनिर्भर तथा व्यबसायी बन्नका लागि सोचमा परिवर्तन महिलाहरुले हामि कमजोर छौँ भन्ने सोच परिवर्तन गर्नुपर्ने बताईन् ।
६० औँ सहकारी दिवसको अवसर पारेर जिल्लाका विभिन्न सहकारीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुने सहकारीहरुमा नवज्योती बचत तथा ऋण सहकारी संस्था, समाज कल्याण बचत तथा ऋण सहकारी संस्थालाई द्धितिय तथा सिद्धार्थ सञ्चार बहुउदेश्यीय सहकारी संस्थालाई सम्मानीत गरिएको थियो । कार्यक्रममा विशेष अथिती राष्ट्रिय सहकारी संघका संचालक पदम दाहाल, राष्ट्रिय सहकारी संचालक गोबिन्द रावल, सहकारी डिभिजन कार्यालय सुर्खेतका प्रमुख देबीप्रसाद पौडेल लगायतको विभिन्न सहकारी संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला सहकारी संस्था सुर्खेतका अध्यक्ष अमृत बिसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । IMG_3504
यस्तै ६० औँ सहकारी दिवसका अवसरमा पस्तुत गरिएको झाँकिमा प्रथम, द्धितिय, तृतिय र चौथो हुनेहरुलाई पहल परियोजनाले सम्मान पत्र प्रदान गरेको छ । सुन्दर नेपाल संस्थाद्धारा सञ्चालीत पहल परियोजनाको तर्फबाट परियोजनाका जिल्ला संयोजक भिमराज वास्तोलाले उक्त सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।