गणतन्त्र दिवस कर्णाली प्रदेशमा पनि मनाइयो


जेठ १५, सुर्खेत ।

नेपालमा घोषणा गरीएको गणतन्त्र ११ बर्षमा प्रवेश गरेको अवसरमा कर्णाली प्रदेशमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगाएतको उपस्थितीमा गणतन्त्र दिवस मनाइएको हो ।

दिवसका अवसरमा कर्णाली प्रदेश प्राप्तिका लागि सञ्चालित आन्दोलनमा शहादत प्राप्त गर्ने शहिदरू प्रति सम्मान गर्दै दिवस मनाइएको हो । गोपालसिंह रज्वार, टीकाराम गौतम, यामबहादुर बिसी र हरि कुँवरलाई मरणोेप्रान्त कदर पत्रद्वारा कर्णाली प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा सम्मान गरेको छ ।