नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका केन्द्रिय पार्षद (सभासद) हरुको भेला आज बैशाख ६ गते वीरेन्द्रनगरमा सम्पन्न भयो । भेलाले सुर्खेती पत्रकारिताको गुणस्तर बृद्धि र पत्रकारहरुको क्षमता विकासमा जोड दिएको छ । यस्तै यही बैशाख २१ गते चितवनमा हुने केन्द्रिय साधारणसभामा शसक्त सहभागिता जनाउने र सुर्खेत शाखाको २४ औं स्थापना दिवस बैशाख १५ र १६ गते भव्य रुपमा मनाउने निर्णय गरेको छ ।




Milan Shrestha । ६ बैशाख २०७३, सोमबार १५:४३ बजे