
२ जेठ, दैलेख । दैलेखको नारायण नगरपालिकामा एमालेका मेयर र उपमेयरसहित प्यानल नै विजयी भएको छ ।
मेयरमा एमालेका रत्नबहादुर खड्काले ४ हजार ७ सय २५ मतसहित विजय प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मणिराम रेग्मीले ४ हजार ४ सय ४७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि एमालकै उम्मेदवार सावित्री मल्ल विजयी भएकी छन् । मल्लले ४ हजार ८६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी बासना थापाले ४ हजार २ सय ८५ मत प्राप्त गरेकी छन् ।
नगरपालिकातर्फ डोल्पाको ठूली भेरीपछि मतगणना सकिएको नारायण नगरपालिका दोस्रो हो । हालसम्म गणना सकिएका दुवै नगरपालिकामा एमालेले जित हात पारेको छ ।
साभारः अनलाइनखबर
Prawash Kumar Shakya । २ जेष्ठ २०७४, मंगलवार १४:०२ बजे