सिचाँई आयोजना पुन सञ्चालन गर्न माग (भिडियो सहित)


लक्ष्मण बुढामगर

२६ जेठ, सुर्खेत । बराहताल गाँउपालिका ४ र ५ नं वडाका करिब ४ सय घरघुरीका जनतालाई मध्यनजर गर्दै २०६४ सालबाट निर्माण गर्न स्वीकृत भएको सिचाई आयोजना पुन सञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।

२०६५ सालमा ३२० हेक्टर जमिनमा सिचाई पुग्ने लक्ष्यका साथ शुरु गरिएको आयोजना ७० प्रतिशत काम भएर विभिन्न कारणले यतिवेला रोकिएको छ । रोकिएको ३० प्रतिशत काम सम्पन्न गर्न स्थानीयले माग गरेकाछन् साथै  र सम्पन्न भैसकेको कामहरुमा पनि पनि यतिवेला मर्मत गर्नुपर्ने भएकोले पुन आयोजना संचालन गर्न माग गरिएको हो ।

मर्मत सम्भार गर्नकालागि हाल प्रदेश सरकारको पूर्वाधार विकास कोष मार्फत प्राप्त २० लाख रुपैया विनियोजन भएपनि राजनितिक खिचातानीले पुन रोकिएको छ । यता काम रोकिएपछि स्थानीयबासी आक्रोसित हुँदै सहि ढंगले काम नभए आन्दोलन गर्ने बताएकाछन् ।

आयोजनाका अध्यक्ष डिलबहादुर ठाडामगर यदी स्थानीय कोही इच्छाशक्ति देखाएर काम गर्न चाहे आफूल पूर्ण समर्थन जनाउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “तर यस्मा राजनितिक पुर्वाग्रह भने हुनुहुँदैन ।”

यता वडा नं ५ का अध्यक्ष तिलक बहादुर मर्साङ्गी भन्नुहुन्छ “समाजमा काम गर्ने मान्छेको जहाँपनि आलोचना हुने गर्छ नै  त्यसैलेपनि हामीले उहाँहरुलाई काम प्रोत्साहन दिइरहेकाछौ तर उहाँले ठोस निर्णय नदिनुभएकोले काम हुन सकेको छैन ।”