पहिलो पटक सिनेट बैठक दुर्गममा



अविरल ढकाल,
जुम्ला ,वैशाख १
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, शिक्षण अस्तपालको छैटौँ सिनेट बैठक राजधानी देखि दुगर्म जिल्लाको जुम्लामा आज बसेको हो । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सिनेट वैठक सम्पन्न भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सात वटा बुद्धा पारित भएका छन् ।
सिनेट बैठकमा पारित भएका विषय
पाचौ बैठक बाट अनुमोदित भएको अपुग बजेटलाई थप गर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो पञ्च वर्षीय योजना अन्र्तगतको दोस्रो गुरु योजना संशोधन गर्ने, आगामि शैक्षिक सत्र सञ्चालन गर्न आवश्यक प्रक्रिया स्वास्थ्य मन्त्रालयले बढाउने, प्रतिष्ठानको लागि आवश्यक कर्मचारी तथा शिक्षकको दरबन्दी स्विकृत गर्ने, प्रतिष्ठानले संचालन गरेका सम्पूर्ण शैक्षिक कार्यक्रममा पिछाडिएको क्षेत्रलाई छात्रबृत्तिको कोटा उपलब्ध गराउने लगायतका सात वटा बुद्धा प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदित गर्नु भएको ।
सिनेट बैंठकेको लागि स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्याल, पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारी सहितको टोलि सिनेट बैठेकमा सहभागि भएका थिए ।
प्रधानमन्त्रीको लागि लालि गुराँस फुल टिप्न गएका जुम्ला चन्दननाथ नगरपालिका १० वर्षीय दिवान महत रुख बाट लडेर गम्भिर घाईते भएका छन् । महतको अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लाले जनाएको छ ।
यस अघि सिनेटको बैठक काठमाण्डौमै बस्दै आएको थियो, तर जुम्लामा भने पहिलो पटक सिनेट बैठक बस्न सम्पन्न भएको हो ।