मुक्त हलिया बस्तीमा खानेपानीको धारा जडान


५ असार, सुर्खेत । नेपाल सरकारले वीरेन्द्रनगर ९, लाटीकोइली सुर्खेतको वरकुनामा बसालेको मुक्त हलिया बस्तीमा आज ९ न‌ं वडा कार्यालयले खानेपानीको धारा जडान गरेको छ ।

धारा जडान कार्यक्रममा मुक्त हलियाहरुले सरकारले बस्ती बसाल्यो तर हाम्रो बस्तीमा खानेपानीको चरम आभाव थियो त्यस तर्फ सरकारको ध्यान गएको थिएन अहिले वडाले खानेपानीको धारा जडान गरिदिएर ठूलो गुन लगाएको बताए ।

धाराको उद्घाटन गर्दै ९ नं वडाका वडा अध्यक्ष सुरेश मानन्धरले वडामा रहेका नागरिकहरुको शिक्षा, स्वास्थ्य, सडकहरुमा सहज पहुँच बनाउनकालागि मुक्त हलिया बस्तीमा खानेपानीको धारा जडान गरेको बताउँदै उहाँले विपन्न वर्गलाई माथि उठाए मात्र विकास हुने भन्दै आफ्नो वडाले विपन्न वर्गहरुलाई विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो ।

करिव २२ घरधुरी रहेको मुक्त हलिया बस्तीमा झुप्रा बृहद खानेपानीको धारा जडान गरिएको कार्यक्रमका संचालन भिमबहादुर खड्काले बताउनुभयो ।