सुर्खेत, १३ साउन ।
यूएसएआइडीको आर्थिक सहयोग, पहल परियोजनाको व्यवस्थापन, सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा बैकल्पीक जीविकोपार्जन प्रवर्धन कार्यक्रम (पहल) परियोजना अन्तर्गत साउन ४ गते देखि सुर्खेत जिल्लामा संचालन भएको व्यवसायी च्याउ खेती सम्बन्धि किसानहरुका लागि पांच दिने तालिम शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
तालिमको सहजीकरण जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक हेमराज के.सीं, लिलाराम ढकाल र इमान सिंह बस्नेतले गरेका थिए । 
प्राविधिक सहायक के.सी.का अनुशार सामान्य आय भएका कृषकहरुले कम लगानीमा पनि च्याउ खेती व्यवसाय शुरु गर्न सकिने र च्याउ खेतीका लागी सुर्खेत जिल्लाको हावा पानि सुहाउदो भएको हुदा उक्त व्यवसाय लाभदायी भएको बताए ।
यसै गरी प्रशिक्षक लिलाराम ढकालका अनुशार बिगतमा भन्दा पछिल्ला दिनहरुमा बस्तीको बृद्धि संगै बजारमा च्याउको माग अत्याधिक भएता पनि उचित व्यवस्थापन गर्न नसकेका कारण च्याउ खेती गर्ने कृषकहरुमा यस खेती प्रति नकरात्मक सोच पर्न गएता पनि केहि दिन भित्रमै च्याउ प्रसोधन गर्ने मेशिन जिल्लामा भित्राउने भएको हुदा कृषकहरुलाई निराश न बन्न जोड दिए ।
परियोजना लागु भएका लेखपराजुल, नेटा, रजेना, रानिवास, काँफलकोट र धारापानि गाविसका समुदायका १४ जना कृषकहरुको उपस्थित रहेको थियो ।
यस्तै कार्यक्रममा प्रमुख अतिथि पहल कार्यक्रमका जि
ल्ला संयोजक भीमराज वास्तोलाले कृषि स्वास्थ्य तथा बैकल्पिक जीविकोपार्जन प्रबद्र्धन कार्यक्रम (पहल)को बारेमा जानकारी दिएका थिए । मध्य तथा सुदुरपश्चिमका पहाडी तथा हिमाली भेगका विपन्न र कुपोषण ग्रस्त समुदायहरुमा संकटासन्न घरपरिवारको जीविकोपार्जन तथा पोषणको स्थितिमा सुधार ल्याउने र विपदको प्रभावलाई न्युनिकरण, अनुकुलन पुर्नलाभ गराउन घरपरिवारको क्षमता अभिवृद्धि गर्ने उद्देयश्ले पहल कार्यक्रम सञ्चालन भएको बताए् । मध्य र सुदुरपश्चिमका १४ जिल्ला सञ्चालन भएको पहल कार्यक्रम सन् २०१९ सम्म सञ्चालन हुने छ ।
सुन्दर नेपाल संस्थाका कार्यकारी निर्दैशक भुपेन्द्र प्रसाद कडेंलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनुगमन तथा मूल्यांकन निर्देशक शिबप्रसाद जैसी, कार्यक्रम संयोजक सौरभ कर्मचार्य लगाएतको उपस्थित रशेको थियो । बैकल्पिक जीविकोपार्जन अधिकृत पदमबहादुर दलामीले कार्यक्रमको सहजीकरण गरेका थिए ।




Milan Shrestha । १३ श्रावण २०७४, शुक्रबार १३:१८ बजे