
१३ माघ, सुर्खेत । दुई तिहाई मत प्राप्त गरी सत्तापक्षमा रहेको नेकपा सरकारको विरोधमा नेपाल तरुण दलले घोषणा गरेको कार्यतालिका अनुसार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सरकार विरुद्ध शक्ति प्रदर्शन गरेको छ ।
नेपाल तरुण दल सुर्खेतको समन्वय तथा केन्द्रिय तरुण दलको आयोजना विरोध प्रर्दशनमा कर्णालीका १० वटै जिल्लाबाट तरुण युवाको सहभागीता रहेका थियो ।
दुई तिहाइको सरकार अराजकता गतिविधि तर्फ उन्मुख भएको भन्दै तरुण दलले सातवटै प्रदेशमा विरोध प्रदर्शन गरेको हो । सरकारले जनआकांक्षा र राष्ट्रको आवश्यकता अनुरुप काम गर्ने भरोसा गरे पनि आम नेपालीलाई दुख दिएको भन्दै आन्दोलन गरिएको तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिनुभयो ।
सरकारले निर्मला हत्याकाण्डको हत्यारालाई लुकाउने खोजेको, महङगी, भ्रष्टाचार बढ्दै गएको भन्दै यसको विरुद्धमा प्रर्दशन गर्न लागेको अध्यक्ष विष्टले बताउनुभयो ।
दिउसो करिब १ः३० बजे नेपाली कांग्रेस पार्टी कार्यालय हुदै मंगलगढी चौकबाट शुरु भएको कार्यक्रममा हजारौको संख्या आफ्ना तरुण कार्यकर्ताहरुलाई सडकमा उतारेको थियो । स्थानिय मंगलगढी चौक देखि शुरु भएको र्याली वीरेन्द्रनगर बिच बजार स्थीत पीपलचौतारामा गएर कोणसभा गरेको थियो ।
Milan Shrestha । १३ माघ २०७५, आईतवार १७:०४ बजे