अनसन तोड्न डा. गोविन्द केसीलाई आग्रह
२७ साउन, काठमाडौं । महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिले चिकित्सा शिक्षा विधेयक पास गरेको छ । अब यो विधेयक छलफलका लागि संसदमा पेस गरिनेछ ।
समितिको शुक्रबारको बैठकले विधेयक पास गर्दै अनशनरत डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ ।
डा. केसी चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने लगायतका माग राख्दै अनसन बसेको १९ दिन पुगेको छ ।
साभारः अनलाइनखबर



Prawash Kumar Shakya । २७ श्रावण २०७४, शुक्रबार १०:५३ बजे