बाढीले सडक बगाउँदा एम्बुलेन्स नपाएर गर्भवतीको मृत्यु


बर्दिबास: बाढीले सडक बगायो। यातायात अवरुद्ध भयो। एम्वुलेन्स गाउँमा जाने कुरै भएन। प्रसव व्यथा लागेर छट्पटाएर महोत्तरीको भंगहा नगरपालिका-१ की २४ बर्षी

या गर्भवती कविता कुमारी साहको घण्टौंसम्म छट्पटाइन्। बाढीले गाउँ नै डुबान थियो। काँधमा बोकेर कविताका परिवारले अस्पताल पुर्‍याउन सकेनन्।

साउन २८ गते ९ महिने गर्भवती कवितालाई उनको श्रीमान् रामबहादुर साहले सदाका लागि गुमाउनु पर्‍यो । कविताको मृत्युले उनको परिवार यतिखेर शोकमा डुबेको छ। कविताको मृत्युको खबर प्रहरीमा ढिलो गरी साउन ६ गते पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले बताए।

यसैसंगै महोत्तरीमा बाढी जस्तो प्राकृतिक विपती र त्यसको असरले ९ जनाको ज्यान गएको छ । बाढीले गाउँ डुवानमा पर्दा एक ठाउँबाट अर्को ठाउँमा जाने अवस्था थिएन। सञ्‍चार सेवा अवरुद्ध भएपछि ढिलो गरि प्रहरीमा मृततको खवर पुगेको हो।

पिपरा गाउँपालिका-६ रतौलीका नवजात शिशु रितेश सदा मुसहर विरामी भए। उनको अभिभावले उपचारको लागि काँखमा बोकेर धान खेतको आगी हुदैं जनकपुर लादैं थिए।

धान खेतको आलीमा रितेशलाई बोक्ने उनको अभिभावको खुट्टा चिपलियो। काँखबाट खसेका ८ महिने रितेशको उपचारको लागि जनकपुरा लाग्दै गर्दा भदौं ३ गते मृत्यु भयो।

रोग र भोकले पुस्तौं देखि थलिएका सदा परिवारमा रितेशको मृत्युले शोक थपिएको छ। बाढीले घर डुवानमा परेको छ। सदा परिवारको न गाँस छ न त सुरक्षित बस्ने बास। सबै बाढीले तहसनहस बनाइदिएको छ।

बाढी सँगै बढेको सर्पदंशले भंगहा-३ की ३५ बर्षीया शैलु सदा मुसहर मृत्‍युको मुखमा परिन्।सर्पको टोकाईबाट शैलु घाइते भइन्। बाढीले बाटो बगाएर यातायात अवरुद्ध भएर उनलाई परिवारजनले समयमा अस्पताल पठाउन नसक्दा शैलुको ज्यान गयो।

यस्तै रातु खोलामा आएको बाढीले जलेश्वर जलमग्न भयो। बाढीको भेलमा बगेर जलेश्वर नगरपालिका—२ खैरा चोकका १५ बर्षीय विक्की ठाकुर बगे। बाढीले बगाएर नजिकैको खाल्टोमा पुर्‍याउदा त्यसै खाल्टोमा डुबेर साउन २८ गते उनले देहलिला त्यागे।

त्यसै गरी जलेश्वर नगरपालिका-८ बज्राही स्थित आफ्नो छोरी घर आएका धनुषाको साविकको मनहरपुर—६ का ५० बर्षीय शिव महरालाई बाढीको भेलले बगाउँदा उनको साउन ३० गते बगायो। दुई दिनपछि उनको लास भेटिएको प्रहरीले जनाएको छ।

खोलामा आएको बाढीले लोहारपट्टी गाउँपालिका-१ का ३६ बर्षीय इन्दल महराले पनि साउन ३० गते ज्‍यान गुमाउनु पर्यो। बाढीकै कारण गौशाला नगरपालिका-८ बेलगाछीका ५२ बर्षीय असर्फी सदा मुसहर बेपत्ता भए। उनको मृत शव साउन ३१ गते महोत्तरीको मनरा गाउँपालिका —७ स्थित झिगांस्थानको खोलामा प्रहरीले फेला पारे।

त्यसैगरी गौशाला नगरपालिका मलेनिया पोखरी बस्ने ५६ बर्षीय कोरामबति सदा मुसहरलाई पनि बाढीको भेलले बगाएर बेपत्ता बनायो। उनको शव भदौं ३ गते गाउँ नजिकै फेला पर्‍यो।

अविरल बर्षासंगैको हवाहुरीले विद्युतको तार घर पछाडी खसेको थियो। गोठमा बाधेको भैंसी दामलो चुडेर भागेपछि भैंसीलाई समाउने क्रममा भंगहा नगरपालिका —७ का ४० बर्षीय महेश सिंहको करेन्ट लागेर ज्यान गयो।

‘कसैले बाढीको कारण, कसैले एम्वुलेन्स नपाएर ज्यान गुमाए। बाढीको कारण बढेको सर्पको विगविगीको कोही सिकार भए,’ महोत्तरीका एसपी कुवेर कडायतले भने, ‘मृत्कलाई तुरुन्त क्रियावापतको सरकारले दिने भनेको प्रति व्यक्ति २५ हजार दिइन्छ।’

साभारः अन्नपूर्णपोष्टअनलाइन