
१६ भदौ, काठमाडौं । सरकारले दशैंका लागि राजधानी बाहिर जाने जनताकाका लागि भदौ २२ गतेदेखि सवारीको अग्रिम बुकिङ खोल्ने निर्णय गरेको छ ।
आज यातायात व्यवस्था विभागमा बसेको उपभोक्ताकर्मी, बिभागका कर्मचारी र व्यवसायीबीचको छलफलमा २२ भदाैदेखि बुकिङ खोल्न व्यवसायी सहमत भएका हुन् ।
मध्यम र लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ सेवा सञ्चालन गर्न लागिएको हो ।
सरकारले हरेक वर्ष सर्वसाधारणको सुविधाका लागि दशैंअघि राजधानी छाड्नेहरुलाई अग्रिम बुकिङको सुविधा दिइरहेको छ ।
साभारः अनलाइनखबर



Prawash Kumar Shakya । १६ भाद्र २०७४, शुक्रबार ०९:४९ बजे